अशोक सिँह,प्रमुख एसएसपी,महानगरीय प्रहरी परिसर,काठमाडौँ
रुपक यात्री,काठमाडाैँ
संघिय संसद विगठनपछि मुलुकभर प्रदर्शन बढेपछि उच्च सुरक्षा सतर्कता अपनाइएको छ भने सुरक्षाकर्मीको संख्या समेत बढेको छ । संघिय राजाधानि काठमाडौँ उपत्यकामा १० हजार सुरक्षाकर्मि परिचालित भएका छन् । शान्ति सुरक्षा कायम राख्न सक्षम रहेको प्रहरीको भनाइ छ ।
संघिय संसद विगठनपछि मुलुकभर प्रदर्शन भइरहेको छ । प्रर्दशन बढेसँगै उच्च सुरक्षा सतर्कता समेत अपनाइएको छ । गृहमन्त्रालयले ७७ वटै जिल्लाका सुरक्षा प्रमुखलाइ जिल्ला नछाड्न निर्देशन समेत दिइसकेको छ । संसद् विघटनपछि देशभर प्रहरीलगायत अन्य सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ । विभिन्न स्थानमा हुनसक्ने प्रदर्शन र त्यसबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा निकाय सतर्क भएका हुन् । यस्तै उपत्यकामा पनि सुरक्षा सतर्कता विगतको भन्दा बढाइएको छ । राजधानिमा प्रर्दशन बढि हुने भएकाले सुरक्षा सतर्कता बढाउँनुको साथै सुरक्षाकर्मीको संख्या समेत थप गरेर कुनै अप्रिय घटना हुन नदिने काठमाडाैँ प्रहरी प्रमुख एसएसपी अशाेक सिँहकाे भनाइ छ ।


















