spot_img

कांग्रेसद्वारा सहकारी ठगीविरुद्ध आन्दोलनको घोषणा:सबै कमान्डरलाई बोलाइयो

spot_img

काठमाडौँ,नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध चरणबद्ध रूपमा आन्दोलन गर्ने भएको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसिरहेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा कांग्रेसले आन्दोलनमा जानेगरी कार्यक्रम प्रस्ताव गरेको छ ।

सो अनुसार शुक्रबार राजधानीको भृकुटीमण्डपमा कांग्रेसले बृहत् विरोध प्रदर्शन गर्नेछ । यस्तै गृहमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा जोडिएका सहकारी रहेका क्षेत्रहरु चितवन, पोखरा र रुपन्देहीमा पनि सोही दिन आन्दोलन गरिने छ ।

त्यसपछि पनि चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम गर्नेगरी कांग्रेसले मिति प्रस्ताव गरेको छ । बैठकपछि कांग्रेसले औपचारिक रूपमा संघर्षका कार्यक्रम घोषणा गर्ने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

कांग्रेसले सहकारी ठगीमा रवि लामिछाने मुछिएको भन्दै उनीमाथि कारबाहीको माग गर्दै आएको छ ।
नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध आन्दोलन जाने तय भएसँगै काठमाडौँ उपत्यकाका सबै पार्टी नेतृत्व र भ्रातृ संगठनका प्रमुखहरुलाई छलफलमा बोलाएको छ ।

पार्टीको जारी केन्द्रीय समिति र संसदीय दलको बैठककै बिच काठमाडौँ, ललितपुर र भक्तपुरको पार्टी नेतृत्वका साथसाथै भ्रातृ संगठनका प्रमुखहरुलाई पार्टी कार्यालय सानेपामा छलफलका लागि बोलाइएको हो । कांग्रेसका एक नेताले शुक्रबारदेखि आन्दोलनमा जाने तय भएसँगै तयारीलगायतका विषयमा छलफलका लागि सानेपा बोलाइएको जानकारी दिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img