spot_img

देशभरका सहकारी पीडित सडकमाःसडक आन्दोलन देखि रिले अनशनसम्मका कार्यक्रम

spot_img

काठमाडौँ — बचत फिर्ताका लागि सरकारले यसअघि गरेका सम्झौताहरू कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले आन्दोलन सुरु गरेका छन् । काठमाडौं उपत्यका, पोखरा, बुटवल, चितवन, नवलपरासी, धरानलगायत विभिन्न जिल्लामा बिहान ११ बजेर ११ मिनेटमा एकै पटक आन्दोलन सुरु भएको हो ।

पीडितको पैसा फिर्ता गर्ने सम्बन्धमा यसअघि भएका कुनै पनि सम्झौता कार्यान्वयन नगरेको कारण तेस्रो चरणको आन्दोलन गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुशलव केसीले बताए । ’बचतकर्ताको पैसा फिर्ता गर’, ’बचत फिर्ता नभएसम्म ०८४ को निर्वाचन हुन दिँदैनौ’, ’सहकारी पीडितको माग आगामी वर्षको बजेटमा समावेश गर’लगायत नारासहित उनीहरू धर्नामा उत्रिएका छन् ।

आफूहरूको माग सम्बोधन नभएसम्म निरन्तर रिले अनशन बस्ने पनि आयोजकले जनाएको छ । माइतीघर मण्डलाबाट सुरु भएको पीडितहरूको आन्दोलनले ¥यालीपछि कोणसभा गरेर रिले अनशन सुरु गरिने अध्यक्ष केसीले बताए । उनले भने, ‘सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्त रूपमा अगाडि बढ्छ । नेपालगञ्ज, चितवन, धरान, पोखरा, बुटवललगायत जिल्लामा पनि आन्दोलन एकैपटक निरन्तर चलिरहन्छ ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img