spot_img

जाजरकोटका नबराज विक सहित ६ जना दलित युवाहरूकाे नरसंहार भएकाे दिनकाे सम्झनामा डोल्पामा दलित संघर्ष समितीले विराेध प्रदर्शन सहित प्रशासन ज्ञापान पत्र बुझायाे

spot_img

डाेल्पा,रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८ सोतीस्थित भेरी बगरले जाजरकोटको भेरी नगरपालिका– ८ रानागाउँका नवराज विक र उनका पाँचजना साथीका परिवारलाई नमीठो सम्झना दिलाइरहेको छ । नवराज सोतीमा घर भएकी प्रेमिका लिन साथीहरूसहित जाँदा १० जेठ ०७७ मा ६ युवाकै ‘नरसंहार’ भएको थियो । तर, उनीहरूका परिवारले दुई वर्षसम्म न्याय पाएका छैनन् । बरु, घटनामा संलग्न भनिएकाहरूले उन्मुक्ति पाउँदै जाँदा पीडित परिवार मर्माहत भएका छन् । यही पीडा राज्यसम्म पु¥याउन मंगलबार देशभरमा दलित समुदायले जात ब्यबस्थाकै कारण निर्मम पुर्बक हत्या गरिएको दिन जेठ १० गते ४ बर्ष बितेको भन्दै सम्पुर्ण दलित समुदायहरुको लागि कालो दिनको रुपमा विराेध प्रर्दशन गरेका छन्।

यस्तै डाेल्पा जिल्लामा पनि दलित समुदाय,दलित संघर्ष समिती र अधिकारकर्मीहरूले  सदरमुकाम दुनै बजारमा नारा जुलुस सहित विराेध प्रर्दशन र जिल्ला प्रशासन कार्यलयमा पुगेर ज्ञापान पत्र साहायक प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् । ज्ञापान पत्र बुझे पछि जातकै कारण हुने विभिन्न खालका गतिविधि रोकथामका लागि जिल्ला प्रशासन कार्यलय सधैँ तत्पर रहेकाे  सायक प्रजिअ ज्ञावलीले बताए ।

सो कार्यक्रममा बाताबरणिय कृषि तथा बिकास केन्द्र ( केड ) कर्णाली जनजिबिका सक्तिकरण कार्यक्रम (क्लेप ) का संयोजक उमाकान्त भुसाल ,लिला बहादुर टमट्टा ,उर्बशिला बोहोरा,राजीमान शार्की र ठेकीलाल कुलाल लगाएत डोल्पा जिल्लाका दलित अगुवाहरुको सकृय सहभागितामा दुनै बजारमा खुलेर बोलौ जातिय बिभेदलाई रोकौ , दलित समुदायको मानव अधिकार हामी सबैको सरोकार भन्ने मुल नाराका साथ जुलुस र ¥याली गरि कार्यक्रम गरिएको छ ।

ज्ञापन पत्रमा लेखिएका केहि बँदा

१, जिल्ला प्रशासन कार्यालयबाट सबै माताहातका कार्यलयहरुलाई जातिय भेदभाव एब छुवाछुत अन्त्य गर्नका लागि सहजीकरण र निर्देशन दिईयोस ,

२,धार्मीक क्षेत्रमा गरिने जातिय भेदभाब तथा छुवाछूत अन्त्यका लागि डोल्पाका त्रिपुरासुन्दरी मन्दीर,छल मष्ठा र गल्ली मष्ठा थानहरुका धामी कारण र अन्यका कारण छुवाछूत र भेदभाव बढेकाे भन्दै अन्त्यका लागि पहल चाल्न अनुराेध।

३, बिधालयहरुमा रहेका जातीय भेदभाव एवम् छुवाछूत व्यबहारलाई तत्काल अन्त्य गर्न पहल गरियोस्।

४.बिज्ञप्तीमा उल्लेख गरिएको डोल्पा जिल्लामा जातीय भेदभाव एब छुवाछुतको अवस्था,विभिन्न मठमन्दीर थानहरुमा जातिय भेदभाव एब छुवाछूत प्रथा कायमै रहेको छ । डोल्पा जिल्लाको प्रख्यात त्रीपुरासुन्दरी मन्दिरमा २०७४ साल चैत्र ९ गतेका दिन देखि दलित समुदायले प्रबेश र दर्शन सुरु गरिएता पनि सर्बसाधरण दलित समुदायहरु निर्भएका साथ प्रबेश र दर्शन गर्न अझै पाएका छैनन् ।

त्रिपूरासुन्दरि नगरपालिका अन्तर्गत रहेका पबित्र धार्मिक स्थलहरु गल्ली देवताको मष्ठ थान र छल मष्ठाको थानमा दलितहरु दर्शन गर्न जादा पहिला जात सोदिन्छ र सोही अनुसारको छुवाछुत ब्याबहार गरिन्छ । यस्ता ब्याबहार प्राय सबै मठमन्दिर थानहरुमा कायम रहेको छ । जनप्रतिनिधिहरुले नै जातीय भेदभाव एब छुवाछूत हरिएको अबस्था उल्लेख गरिएको छ । सार्बजनिक पद धारण गरेका छुवाछुत भेदभाव गरिरहदा यस्को अन्त्य कसरी गर्नेमा चिन्तीत रहेको पनि बताईएको छ । भने यस्ता खालका विभेदहरु अन्त्य गफ्न र समाज रुपान्तरण गर्नु पर्नेमा राजनैतिक दल , नागरिक समाज ,लगाए सरोकारवालाहरु सबैले अहम भुमिका खेल्नु माग रहेकाे छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img