रूपक कुलाल,डाेल्पा
हिमाली जिल्ला डोल्पाको उत्तरी भेगमा पर्ने चीनसँग सिमाना जोडिएकाे मार्युम्ला नाका खुलेकाे छ। देशभरका ७ वटा नाका पहिलाे चरणमा खुलेसँगै याे नाका पनि खुलेकाे हाे। यस्तै बढि प्रयाेग हुने याे र क्याटो नाका कोभिड–१९ को संक्रमण देखि बन्द थिए। चिनको स्वसासित क्षेत्र तिब्बतको मियायाेङ पियान्जीसँग जाेड्ने र डाेल्पाकाे डाेल्पाेबुद्द गाउँपालिका पर्ने मार्युम्ला नाका खुलेपछि स्थानीय खुशी भएका छन्।
शनिबार नेपाल र चिनकाे सिमानामा मार्युम्ला नाकाकाे पिलर न. १५ मा नेपालका तर्फबाट उपल्लाे डाेल्पाका ३ वटा शे–फोक्सुन्डो,डोल्पोबुद्व र छार्काताङ्सोङ् गाउँपालिका अध्यक्ष,उपाअध्यक्ष लगाएतका जनप्रतिनिधि र चीनका प्रतिनिधिकाे संयुक्त टाेलेले ५ वर्षपछि नाका खुलेकाे हाे। चीन सरकारले प्रवेशका लागि नेपाल सरकाराबाट जारी ब्लु पास अनिवार्य गरेकाे छ। नाका तत्काललाइ १५ दिनका लागि खुल्नेछ।
उपल्लो डोल्पाका नागरिकले क्याटाे नाका पनि खाेल्न र मार्युम्ला नाका दुवै खाेल्न र ३ महिनाभन्दा बढिकाे समय दिन सरकारसँग माग गरिरहेका छन्। उपल्लाे भेगमा बसाेबास गर्ने स्थानीय चीनबाट नुन,तेल,चामल,मोटरसाइकल,लत्ताकपडा लगायतका बस्तुहरु लगाएतका सामग्री ल्याउने र यार्सागुम्वा लगाएतका जडिजुटी बेखाद्यान्न,लत्ताकपडा बेच्ने गर्दछन्। नाका खुलेसँगै उपल्लो डोल्पामा पर्ने शे–फोक्सुन्डो,डोल्पोबुद्व र छार्काताङ्सोङ् गाउँपालिकामा जनतालाइ केहि राहत हुनुका साथै ब्यापारिक नाका भएकोले राज्यलाइ समेत टेवा पुग्ने देखिन्छ।


















