spot_img

शिक्षक सरुवा निवेदन दिएको ३० दिनभित्रमा सरुवा हुने

spot_img

काठमाडौं,अबदेखि शिक्षक सरुवा प्राथमिकताको आधारमा गरिने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१’ ले शिक्षक सरुवाका लागि विभिन्न प्राथमिकताका आधार तोकेको हो ।जसअनुसार पहिलो प्राथमिकता कार्यरत रहेको विद्यालयको सम्बन्धित तहमा सबैभन्दा बढी स्थायी सेवा गरेको अवधिलाई मानिएको छ ।दोस्रो प्राथमिकता बमोजिम प्राथमिकतक्रम निर्धारण हुन नसकेमा हालको पदमा सबैभन्दा बढी स्थायी सेवा गरेको जम्मा अवधिको आधारमा गरिने जनाइएको छ ।

तेस्रो प्राथमिकता पहिलो र दोस्रो बमोजिमसमेत प्राथमिकताक्रम निर्धारण हुन नसकेमा हालको पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो तहको सम्बन्धित विषयको शैक्षिक योग्यताको प्राप्ताङ्कको प्रतिशत वा ग्रेडको आधारलाई मानिएको छ ।

पहिलो, दोस्रो र तेस्रो बमोजिमसमेत प्राथमिकताक्रम निर्धारण हुन नसकेमा गोला प्रथाबाट छनोट गरेको आधारमा सरुवा गरिने निर्देशिकामा उल्लेख छ ।

प्राथमिकताको लागि तोकिएको मापदण्डको लागि सेवा अवधिको गणना गर्दा सम्बन्धित विद्यालयमा हाजिर भएको मितिदेखिको अवधिलाई गणना गर्नुपर्ने निर्देशिकाले जनाएको छ । त्यसको लागि निवेदक शिक्षकहरूको प्राथमिकताक्रम सूची तयार पारी प्रधानाध्यापकले प्रमाणित गर्नुपर्नेछ ।

सरुवाका लागि निवेदन दिने म्याद समाप्त भएको मितिले तीन दिनभित्र प्राथमिकताक्रम सूचीमा सबैभन्दा अगाडिको प्राथमिकताक्रममा परेका निवेदक शिक्षकलाई विद्यालयबाट निर्णय गरी सरुवा सहमति प्रदान गर्नुपर्नेछ ।

शिक्षक सरुवाका लागि सहमति दिँदा वा सरुवा गर्दा शिक्षकबाट कुनै पनि प्रकारको शुल्क वा सहयोग लिन वा दिन नपाइने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले स्वीकृत गरेको ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१’ सरुवाका लागि सहमित दिँदा वा सरुवा गर्दा शिक्षकबाट कुनै पनि प्रकारको शुल्क वा सहयोगको रूपमा नगद वा जिन्सी लिनुदिनु नहुने उल्लेख गरिएको छ ।

यदि निर्देशिका विपरीत कसैले शुल्क वा सहयोग लिएको पाइएमा लिने, दिने दुवैलाई कानून बमोजिम कारवाहीको प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img