spot_img

विपक्षी गठबन्धनमा माधवको इन्ट्रीले सत्ता गठबन्धनमा तनाव:केन्द्र देखि प्रदेशहरुमा सत्ता गठबन्धनलाई धक्का दिने तयारी

spot_img

काठमाडौँ,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको ४ दलको बैठक सकिएको छ । मधेस प्रदेशको सरकारबारे विपक्षी कांग्रेस, जसपा नेपाल, लोसपा र सत्तारुढ एकीकृत समाजवादीबिच छलफल भएको हो ।

देउवा निवासको बैठकबाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र लोसपाका अध्यक्ष महन्थ ठाकुर बाहिरिएका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र देउवाबिच छुट्टै छलफल भएको थियो ।

बुढानीलकण्ठ वार्तामा वर्तमान राजनीतिक अवस्था र मधेस सरकार गठनको बारेमा छलफल भएको जसपाका अध्यक्ष उपेन्द्र यादवले बताए । मधेसमा एमालेका २३, कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, लोकतान्त्रिक समाजवादीका ९, माओवादीका ८ र एकीकृत समाजवादीका ७ प्रदेश सांसद छन् ।

कांग्रेस, जसपा नेपाल, लोसपा र एकीकृत समाजवादी एक ठाउँमा आउँदा १०७ सदस्यीय प्रदेश सभामा सहज बहुमत पुग्छ । मधेसमा सरकार बनाउनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्दछ । यादवका अनुसार सत्तारुढ एकीकृत समाजवादीलाई समेटेर मधेसमा नयाँ गठबन्धन सरकार बनाउने तयारीका लागि बुधबार छलफल भएको थियो ।

बैठकमा सहभागी एकीकृत समाजवादीका प्रमुख सचेत मेटमणि चौधरीले मधेस प्रदेशमा जसपा नेपालका सरोज कुमार यादव नेतृत्व सरकार जोगाउन ४ दल सहमत भएको रातोपाटीलाई बताए । उनले भने,मधेस प्रदेश सरकार जोगाउन एक मत भएका छौँ । यसको बाछिटा अन्य प्रदेश र केन्द्र सरकारसम्म पर्छ ।एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि यादव सरकार अल्पमत छ । कांग्रेस, लोसपा र एकीकृत समाजवादीले समर्थन गरे यादव सरकार जोगिने अवस्था छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img