दाहाल–नेपालको पत्राचारःनेकपाको नाममा रहेका बैंक खाता रोक्का गर्नु
काठमाडौँ,नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेकपाको नाममा भएका खाता रोक्कालागि बैंकलाई पत्राचार गरेका छन् । नेकपा विभाजनलगत्तै दाहाल–नेपालले नेकपाको नाममा रहेका खाता रोक्का गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई पत्राचार गरेका हुन् ।
यो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले दुवै अध्यक्षको हस्ताक्षरमा खाता रोक्काका लागि मंगलबार बैंकहरुलाई पत्र पठाइएको जानकारी दिए । श्रेष्ठका अनुसार करिब एक दर्जन बैंक तथा वित्तीय संस्थाहरुमा खाता सञ्चालनमा रहेका छन् । निर्वाचन आयोगले विवाद नटुंगाउँदासम्म पार्टीको नाममा भएका बैंक खाता रोक्का हुने भएका छन् ।