spot_img

माधव विपक्षी गठबन्धनमा लागेपछि तनावमा प्रचण्ड र ओलीःमधेशमा खाेजे उनकै साथ

spot_img

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले सत्तागठबन्धनप्रति लगातार असन्तुष्ट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई विश्वासमा ल्याउने प्रयास थालेका छन् । बुधबार विपक्षी दलको बैठकमा सहभागी भएका नेता नेपालसँग शुक्रबार उनीहरूले छलफल गरेका हुन् ।

पछिल्लो समसामयिक राजनीतिक परिस्थिति र बजेटका विषयमा केन्द्रित रहेर प्रधानमन्त्री प्रचण्ड र ओलीले प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा नेपालसँग छलफल गरेका हुन् । एमाले अध्यक्ष ओलीले समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको प्रतिक्रिया दिए । ‘समसामयिक परिस्थितिबारे छलफल भएको छ,’ ओलीले भने ।

बुढानीलकण्ठमा कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलका शीर्ष नेताहरूको बैठकमा नेपाल सहभागी भएपछि उनको भूमिका र मधेशमा नयाँ सरकार गठनमा पर्न सक्ने प्रभावबारे सत्तागठबन्धनका शीर्ष नेताहरूको चासो थियो । १५ मिनेटको छलफलमा नेपालले बुढानीलकण्ठको भेटर्वाताबारे प्रस्टीकरण दिएका थिए । प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएरै विपक्षी नेताहरू सहभागी बैठकमा पुगेको नेपालको भनाइ थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री, ओली र नेपालबीच संसद्मा बजेट छलफलको तयारी र समसामयिक परिस्थितिमा केन्द्रित रहेर छलफल भएको बताए । ‘उहाँहरूबीच १५ मिनेट कुराकानी भयो, संसद्मा बजेट छलफलको तयारी र समसामयिक परिस्थितिमा छलफल भएको छ,’ आचार्यले भने । एकीकृत समाजवादीको भूमिकाप्रति प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली असन्तुष्ट छन् । अर्कोतर्फ प्रचण्ड र ओलीको कार्यशैलीप्रति नेपालको आपत्ति रहँदै आएको छ ।

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी नेतृत्वको सरकारमा एमाले र माओवादी सामेल भएका छैनन् । बिहीबार मधेश प्रदेशमा सिके राउत नेतृत्वको जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने एमाले, माओवादी र जनमत पार्टीबीच सहमति भएको छ । तर, सत्तापक्षमै भए पनि त्यस सहमतिमा एकीकृत समाजवादी सामेल छैन । अर्कोतर्फ मधेशमा जनमतलाई मुख्यमन्त्री दिन एमाले र माओवादी तयार भएका छन् । तर, यहाँ लोसपा र एकीकृत समाजवादी निर्णायक अवस्थामा छन् ।

बजेटसहित पछिल्लो राजनीतिक परिस्थितिमा एउटै धारणासहित अघि बढ्ने दिशामै प्रचण्ड, ओली र नेपालबीच कुराकानी भएको छ । ‘माधव कमरेड अहिलेकै सत्तासमीकरणमा हुनुहुन्छ, उहाँले आफ्ना कुरा प्रस्ट्याउँदै आउनुभएको पनि छ, त्यसैले समस्या छैन,’ प्रेस सल्लाहकार आचार्यले नयाँ पत्रिकासँग भने ।

एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले अहिलेको गठबन्धनमैको निरन्तरको पक्षमा रहेको र कतिपय समस्या छलफलबाटै समाधान गर्दै जाने पार्टी नीति रहेको बताए । ‘पार्टीले निर्णय गरेरै अहिलेको गठबन्धनमा सहभागी भएका हौँ, प्रदेश सरकारहरूमा पनि सहभागी हुन्छौँ, कतिपय समस्या हुन सक्छन्, ती समस्या छलफल गरेरै समाधान गर्दै जानुपर्छ भन्ने पार्टीको धारणा छ,’ ज्वालाले नयाँ पत्रिकासँग भने ।

वर्तमान समीकरण र सरकार निरन्तर अगाडि जान्छ ः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्तासमीकरणमा कुनै फेरबदल नहुने बताएका छन् । सिंहदरबारमा शुक्रबार बसेको माओवादीको संसदीय दल बैठकमा उनले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर आशंका, उपशंका नगर्न सांसदहरूलाई आग्रह गरे ।

वर्तमान सत्तासमीकरणमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रमुख प्रतिपक्षी कांग्रेससहित प्रतिपक्षी दलहरूको बैठकमा सहभागी भएका सम्बन्धमा सांसदले राखेको जिज्ञासामा प्रधानमन्त्रीले भने, ‘सरकार केही हुँदैन, वर्तमान समीकरण र सरकार निरन्तर अगाडि जान्छ ।’

आफूले पनि केही दिनअघि प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको सन्दर्भ सुनाउँदै प्रधानमन्त्री प्रचण्डले नेताहरूबीच भेटघाट गर्दैमा राजनीतिमा कुनै फरक नपर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले ठूलो अन्योलबीच सहमति कायम गरेर बजेट प्रस्तुत गर्नुपर्ने चुनौती चिरेर जनअपेक्षा र पार्टी योजनाअनुसार नै बजेट आएको बताए । उनले बजेटमाथिको छलफलमा प्रभावकारी रूपमा प्रस्तुत हुन सांसदलाई निर्देशन दिए । प्रधानमन्त्रीले आगामी आइतबारदेखि बजेटसम्बन्धी छलफल र संसद्मा रहेका महŒवपूर्ण विधेयक पनि सँगसँगै अघि बढाइने बताए । नयाँ पत्रिकाम खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img