spot_img

उपल्लाे डाेल्पाका छार्काली जनताका पीडाःपहिले पालिका केन्द्र दिइएन बजेटमा पेलाइ देखि वनहरूमा यार्साटिप्न प्रतिवन्ध

spot_img

जनप्रतिनिधि मात्र नभएर जनता जनतासम्मकाे मनमुटापले द्वन्द निम्तिने संकेत

रूपक कुलाल,डाेल्पा

डाेल्पा जिल्लाकाे उपल्लाे भेगमा पर्ने छार्काताङसाेङ गाउँपालिकाकाे वडा नम्वर १ छार्काभाेट गाउँका जनता गाउँपालिकाकाे पेलाइका कारण मर्कामा परेका छन्। छार्काभाेट गाउँमात्र नभएर एक पहिचान पनि हाे। विश्वकै उच्च स्थानकाे मानववस्तिका रूपमा परिचित छार्काभाेट अनि त्यहिँ गाउँकै नामबाट छार्काताङसाेङ गाउँपालिका राखियाे त्याे बाहेक केही नपाएकाे स्थानीयकाे गुनासाे गर्छन्।

मुख्यत छार्काली जनताकाे माग गाउँपालिकाकाे केन्द्र छार्काभाेटमै राख्नुपर्ने माग थियाे। तर गाउँपालिका अध्यक्ष सेनाङ गुरूङले साेझा छार्काली जनतालाइ झुक्काएर ढुक्काेटमा केन्द्र सबैकाे सेन्टर राख्ने आश्वासन दिए सबै गाउँकाे पाएक पर्ने भएकाले त्यति विवाद भएन। तर अध्यक्ष गुरूङले जालसाझी गरेर पालिकाकाे केन्द्र सबैलाइ टाढा पर्ने आफ्नै गाउँ कागकाेटमा सारे जसका कारण पालिकामा ठुलाे द्वन्द पनि भएकाे थियाे। हाल याे मुद्दा सर्वाेच्चमा पुगेकाे छ र अन्तिम फैसला आउन बाँकी नै छ ।

विकास निर्माण तथा बजेट देखि हरेक कुरामा छार्काली जनतालाइ गुरूङले पेलेरै लगेकाे आभाष छार्कावासीकाे छ। छार्काली जनताकाे पीडा यति मात्र हाेइन विशेषगरी पछिल्लाे समय गाउँपालिकामा विवाद तथा द्वन्द बढ्नुकाे कारण हाे छार्काली जनतालाइ गाउँपालिकाकाे कुनै पनि वनमा यार्सा टिप्न दिइएन।

गाउँपालिकाकाे ढाडाँगाउँ,शेरी,मुकाेट र कागकाेट लगाएतका गाउँकाे वनमा यार्सा पाइन्छ छार्काकाे वनमा यार्सा टिप्न नपाइने भएकाेले पालिका भित्रैकाे वनमा टिप्न दिन पटक पटक पालिका अध्यक्ष सहित सबै जनप्रतिनिधिलाइ आग्रह गरेकाे,कार्यपालिका बैँठकमा पटक पटक कुरा उठाउँदा पनि छार्काली जनताकाे गुनासाे कसैले नसुनेकाे छार्का गाउँ अर्थात वडा १ वडा अध्यक्ष ढावा लामा गुरूङले जानकारी दिए। उनले थपे “हरेक कुरामा पेलेर आजसम्म सहेर बसेकाे तर यसपालि पनि पालिका भित्रकै बनका यार्सा टिप्न नदिएपछि छार्काली जनता अध्यक्ष सेनाङ गुरूङ सहित अन्य जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृत अमरराज सेजुवाल प्रति पनि रूष्ठ बनेका छन्।”बरू छिमेकी पालिका डाेल्पाेबुद्द गाउँपालिकाले वनहरूमा टिप्न अनुमति दिएकाेले यार्सा छाेडेकाे १ हप्ता पछि भएपनि यार्सा टिप्न दिएकाे भन्दै त्यहाँका जनप्रतिनिधिलाइ धन्यवाद दिन चाहेकाे वडा अध्यक्ष लामाकाे भनाइ छ।

यस्तै पालिका उपाअध्यक्ष कर्मा गुरूङले पनि कार्यपालिका देखि गाउँगाउँकाे बैठकमा कुरा उठाएर छलफल गर्दा पनि यार्सा टिप्न नदिएकाे भन्दै आक्राेष पाेखे। उनले भने कार्यपालिकामा बहुमतकाे धम्की दिएर टिप्न दिने निर्णय हुन सकेन। अव याे विषय यतिकै राेकिदैन विकास र बजेटमा त पेलेर सहेका जनताले अव यार्सा टिप्न पालिका भित्र नदिएकाे विषय प्रशासन देखि अड्डा अदालत सम्म मुद्दा गर्नुपर्ने अवस्था आएकाे छ। तत्काल एक्सनमा उत्रिने उपाअध्यक्ष गुरूङकाे भनाइ छ। व्यक्तिगत रूपमा काे हि कसैसँग केहि कुरा छैन तर पालिका भित्रकाे कुरा अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले मिलाउन पर्ने हाे मिलाउँन नसक्दा समस्या भएकाे हाे।

दुइ कार्यकाल चलाएका अध्यक्ष सेनाङ गुरूङ याे भन्दा पहिले उपाअध्यक्ष र गाउँलेसँग झगडा गरेकाे निउँमा विवादमा परेका थिए। पालिकाम एकलाैँटि चलाएकाे भन्दै केन्द्र लगाएतका पालिकाका अधिकांस याेजना अख्तियारमा परेका छन्। याे लगाएत समग्र विषयमा बुझ्न खाेज्दा अध्यक्ष अुरूङ सम्पर्कमै आउन चाहेनन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img