spot_img

टी–२० विश्वकपःनेपाल आज अनुभवी नेदरल्यान्ड्ससँग भिड्दै,हेड टु हेड भिडन्तकाे इतिहास यस्ताे छ

spot_img

दोस्रोपटक आइसिसी टी–२० विश्वकप क्रिकेटमा सहभागी नेपालले मंगलबार समूह ‘डी’ मा बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सको सामना गर्दै छ । अमेरिकाको डालासमा नेपाली समय अनुसार राति ९ः१५ बजे खेल हुनेछ । यी दुबै टोलीले समूहको पहिलो खेलमा जितका साथ प्रतियोगिता सुरुवात गर्न चाहन्छन् । नेपालको समूहमा टेस्ट्र खेल्ने राष्ट्र दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।

नेपालको तुलनामा नेदरल्यान्ड्सको विश्वकपमा अनुभव धेरै छ । उसको यो छैटौँ विश्वकप सहभागिता हो । नेपालले सन् २०१४ मा विश्वकपमा डेब्यु गरेको थियो । त्यसवेला नेपालले हङकङ र अफगानिस्तानमाथि जित निकालेको थियो । पछिल्लो समय नेपाली टोलीमा देखिएको लयले नेदरल्यान्ड्सलाई दबाब बनाउनेछ । नेपालका कप्तान रोहितकुमार पौडेलले जितको रणनीतिका साथ प्रतिस्पर्धा गर्ने बताए ।

‘लामो समयदेखि हामीले तयारी गरिरहेका छौँ । पहिलो खेल सानदार बनाउन चाहन्छौँ,’ डालासमा उनले अन्तर्राष्ट्रिय एजेन्सीलाई भने, ‘हामीले विश्वकपमा देखाउने समय आएको छ । सबै खेलाडी उच्च मनोबलका साथ खेल्नेमा विश्वस्त छौँ ।’ नेपालले पछिल्लो पाँच टी–२० खेलमध्ये साउदी अरेबिया, हङकङ र कतारलाई हराएको थियो । हङकङ र युएईसँग नेपाल पराजित भएको थियो । नेदरल्यान्ड्सले पछिल्लो भेटमा नेपाललाई चार विकेटले हराएको थियो ।

नेदरल्यान्ड्सविरुद्ध पछिल्लो भेटमा ओपनर आसिफ सेखले ४७ बनाएका थिए । योपटक प्रतिश जिसीको स्थानमा अभिनाश बोहराले स्थान लिन सक्छन् । प्रशिक्षक मोन्टी देसाईले ओपनिङमा आसिफ सेख र कुशल भुर्तेललाई पहिलो प्राथमिकतामा राखेका छन् । तेस्रो नम्बरमा अनिलकुमार शाह र चौथोमा कप्तान रोहितले ब्याटिङ गर्ने सम्भावना छ । कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र सन्दीप जोराले मध्यक्रम सम्हाल्नेछन् । अलराउन्डतर्फ सोमपाल कामी र करण केसी छन् । स्पिनर विशेषज्ञ ललित राजवंशीले प्लेइङ ११ मा स्थान बनाउने सम्भावना छ ।

नेदरल्यान्ड्सको छैटौँ विश्वकप
नेदरल्यान्ड्सले यसअघिका पाँच संस्करणमा कुल २३ खेलमा १३ हार व्यहोरेको थियो । गत वर्षको एकदिवसीय विश्वकप ग्लोबल छनोटमा नेदरल्यान्ड्सले सनसनी रूपमा वेस्ट इन्डिजलाई हराएको थियो । स्कट एडवार्डको कप्तानीमा रहेको नेदरल्यान्ड्सलाई ब्याटिङ अल राउन्डर बास डी लिड, वेस्ली बारेसी, बलर आर्यन दत्त, अलराउन्डर सेब्रान्ड इन्गेलब्रेच, ओपनर म्याक्स ओ डाबड तथा विक्रमजित सिंह खेलाडीको साथ छ । पछिल्लो पाँचमध्ये तीन खेल नेदरल्यान्ड्सले गुमाएको छ । टी–२० विश्वकपको तयारी गर्न खेलेको त्रिदेशीय शृंखलामा आयरल्यान्डसँग नेदरल्यान्ड्स दुवै खेलमा पराजित भएको थियो ।

हेड टु हेडमा नेपाल कमजोर
हेड टु हेडमा नेदरल्यान्ड्स बलियो देखिएको छ । दुई टोलीबीच टी–२० आईमा १२ खेल भएका छन् । नेदरल्यान्ड्सले ६ र नेपालले पाँच खेल जितेका छन् । एक खेलमा नतिजा निस्किएन । नेदरल्यान्ड्सले पछिल्लो पाँचमध्ये तीन खेलमा नेपाललाई हराएको छ ।

नेपालले दुई खेलमा जित निकाल्यो । यी दुई टोलीबीच अन्तिम भेट ५ मार्च २०२४ कीर्तिपुरमा प्रतिस्पर्धा भएको थियो । त्रिदेशीय शृंखलामा नेदरल्यान्ड्स चार विकेटले विजयी भएको थियो । नेपालले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८५ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाउँदै जित निकालेको हो ।

विश्वकपमा नेपालको प्रदर्शन
विश्वकपमा नेपालले हालसम्म तीन खेल खेलेको छ । जसमा दुई खेल जित्दा एक खेलमा हार व्यहोरेको थियो । सन् २०१४ को विश्वकपमा नेपाल झिनो रनरेटमा बंगलादेशसँग पछि पर्दा शीर्ष दशमा स्थान बनाउन चुकेको थियो । विश्वकपको डेब्यु खेलमा नेपालले हङकङलाई ८० रनले पराजित गरेको थियो । बंगलोदशसँग भएको दोस्रो खेलमा नेपाल ८ विकेटले पराजित भयो । अन्तिम खेलमा अफगानिस्तानलाई ९ रनले हराएको हो ।

खेल जित हार
३ २ १

विश्वकपमा नेदरल्यान्ड्सको प्रदर्शन
विश्वकपमा नेदरल्यान्ड्स छैटौँपटक सहभागी हुँदै छ । टोलीले सन् २०१० देखि विश्वकप खेलेको हो । तर, सुपर १२ बाट माथि बढ्न सकेको छैन । हालसम्म २३ खेल खेल्दा मात्र ९ जित निकालेको छ । १३ खेलमा हार व्यहोर्दा १ खेलमा जित निकालेको हो ।
खेल जित हार नतिजाविहीन
२३ ९ १३ १

उत्कृष्ट खेल्छौँ
रोहितकुमार पौडेल, कप्तान, नेपाल
विगत लामो समयदेखि हामीले तयारी गरिरहेका छौँ । नेदरल्यान्ड्सँगको खेलका लागि तयार छौँं । अभ्यास खेलबाट खेलाडीले एक–आपसमा धेरै बुझ्न अवसर पाए । हाम्रो लक्ष्य विश्वकपमा राम्रो नतिजा निकाल्ने हो । हामीभन्दा नेदरल्यान्ड्सको तयार राम्रो छ । यसपटक नेपालसमक्ष टेस्ट राष्ट्रलाई हराउने अवसर छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img