spot_img

गृहमन्त्री रवि लामिछानेकाे राेइलाे सहकारी ठगको ट्याग बोकेर हिंड्नुपरेको छ

spot_img

काठमाडौं,उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको ट्याग बोकेर हिंड्नुपरेको गुनासो गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले धेरै सहकारी पीडितको बचत फिर्ता गराउन र सहकारी समस्याको समाधान गर्न आफूले पहल गरे पनि सहकारी ठगको ट्याग लगाइएको गुनासो गरेका हुन् ।

‘सहकारी पीडितहरुका लागि कैयौं रिपोर्टहरु बनाइयो, कतिका लागि लडियो । कतिलाई जेल पठाइयो, कतिको पैसा फिर्ता लगाइयो । अहिले सहकारी ठगको ट्याग बोकेर हिंड्नुपरेको छ । मेरो भाग्य यस्तै छ’, उनले भने ।सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ ।

उपप्रधानमन्त्री लामिछानेले नागरिकताको विषयमा पनि आफूलाई अनावश्यक रूपमा आरोपित गरेको जिकिर गरे । ‘नागरिकताको विषयमा विरोधीको कित्तामा उभ्याउने प्रयास गरियो । जबकि जीवनभर त्यसैको पक्षमा लडिरहें’, उनले भने ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img