spot_img

ऊर्जा मन्त्री बस्नेतको दाबी:२ वर्षभित्र सोलारबाट १ हजार मेगावाट विद्युत् थप हुन्छ

spot_img

काठमाडौँ —ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सोलारबाट एक हजार मेगावाट विद्युत् थप गर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन९आइएसए० को स्थापनासँग सम्बन्धित सम्झौता माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले दुई वर्षभित्रमा एक हजार मोगावाट विद्युत् सोलारबाट थप गर्ने बताएका हुन् । उनले सो सम्झौता राष्ट्रको हितमा भएको भन्दै राष्ट्रको हितमा नै काम गर्दै जाने बताए ।

उनले भने, ‘आगामी दुई वर्षभित्र सोलारबाट नै हामीले एकहजार मेगावाट विद्युत थप गर्नेछौँ । आगामी वर्षमा हामीले जलवायुबाट ४५ सय पुर्‍याउने भनेका छौँ । यो राष्ट्रको अहितमा छैन । सजगताका साथ कार्यान्वयन हुन्छ । राष्ट्रको हितमा हेरिन्छ ।’

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन९आइएसए० को स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधिसभा बैठकबाट अनुमोदन भएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img