सरकारद्वारा ११ देशका राजदूत फिर्ताःप्रधानमन्त्री प्रचण्ड मोदीको शपथग्रहमा सहभागी हुन भारत जाने
काठमाडाैँ,सरकारले विभिन्न ११ देशका लागि नियुक्त राजदूतहरूलाई फिर्ता बोलाएको छ।मन्त्रिपरिषद्को आजको बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार दिल्ली आउने तयारी भइरहेका वेला भारतका लागि राजदूत डा. शंकरप्रसाद शर्मालाई पनि सरकारले फिर्ता बोलाएको छ।
सरकारले अमेरिकाका लागि राजदूत श्रीधर खत्री, बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्य, दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, साउदी अरबका लागि राजदूत नवराज ढकाल, कतारका लागि राजदूत नरेशविक्रम ढकाल, मलेसियाका लागि राजदूत डिल्लीराज पौडेल, इजरायलका लागि राजदूत कान्ता रिजाल, डेनमार्कका लागि राजदूत डा. रामस्वार्थ राय, स्पेनका लागि राजदूत शर्मिला पराजुली ढकाललाई फिर्ता गरेको हो।
पोर्चुगलका लागि नियुक्त भएका, तर जान नपाएका राजदूत सनिल नेपालको नियुक्ति पनि मन्त्रिपरिषद्ले बदर गरेको छ। कूटनीतिक स्रोतहरूका अनुसार सरकारले राजदूतहरूलाई एक महिनाको समय दिएर फिर्ता हुन भनेको छ। फिर्ता बोलाइएका राजदूतहरू नेपाली कांग्रेस र जसपा नेपालको कोटाबाट नियुक्त भएका हुन्।
बैठकपछि निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने, हेटौँडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको बताइन् । उनले सरकारले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम वलीलाई नियुक्त गर्ने, मेलम्ची खानेपानी आयोजनाको नयाँ ह्याडवर्क, थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृत दिने निर्णय गरेको बताइन् । उनका अनुसार सरकारले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा तेजबहादुर राईलाई तोक्ने, जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा १ बमोजिम यसैसाथ संलग्न सूची बमोजिमका ५२ रोगहरूलाई सङ्क्रामक रोगमा सूचीकृत गर्ने गरेको छ । सरकारले जीवनाषक विषादी सम्बन्धी नियमावली पारित गरेको छ । त्यस्तै ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन नियमावली स्वीकृत गरेको छ ।
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -