spot_img

टी–२० विश्वकपःभारत–पाकिस्तान भिड्दै,अष्ट्रेलियाले साविक विजेता इंग्ल्यान्डलाई हरायो,नेदरल्यान्ड्स विरूद्द दक्षिण अफ्रिकाकाे सानदार जित

spot_img

काठमाडौं –अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी ट्वान्टी–२० विश्वकपमा आज दुई चिर–प्रतिद्वन्दी भारत र पाकिस्तान भिड्दै छन् । प्रतियोगिताको समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा सह–आयोजक अमेरिकाविरुद्ध सुपर ओभरमा अप्रत्याशित हार बेहोरेको पाकिस्तान आज पहिलो जितको खोजीमा छ । पहिलो खेलमा आयरल्यान्डविरुद्ध आठ विकेटको सहज जित निकालेको भारत भने लगातार दोस्रो जितको लक्ष्यमा छ ।

न्युयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने यो खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि सुरु हुनेछ । खेलमा भारतका रोहित शर्मा र पाकिस्तानका बाबर आजमको कप्तानीमा मैदान उत्रिनेछन् ।समूह ‘ए’मा रहेको भारत दुई अंकसहित तालिकाको दोस्रो र अंकविहीन पाकिस्तान तालिकाको चौथो स्थानमा छ । पहिलो खेलमा हार बेहोरेका कारण प्रतियोगिताको सुपर–८ पुग्ने सम्भावना बलियो बनाउन पाकिस्तान आज जितको दबाबमा छ ।

‘हेड टू हेड’
यी दुई टिम हालसम्म ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १२ पटक आमने–सामने भएका छन् । जसमा भारत नतिजामा अघि छ । भारतले हालसम्म पाकिस्तानविरुद्ध हालसम्म आठ खेलमा जित निकालेको छ । पाकिस्तानले तीन खेलमा मात्र जित निकालेको छ । यी दुई टिमबीचको एक खेल भने ‘टाइ’ भएको थियो । उक्त खेलमा पनि भारतले ‘बल आउट’ पाकिस्तानलाई हराएको थियो । ट्वान्टी–२० विश्वकपमा भने यी दुई टिम हालसम्म सातपटक एक–अर्काविरुद्ध प्रतिस्पर्धामा उत्रिएका छन् । यसमा पनि भारत अघि छ । भारतले पाँच खेलमा जित निकाल्दा पाकिस्तानले एक खेलमा मात्र जित निकालेको छ । यस्तै, एक खेल भने ‘टाइ’ भएको थियो ।

पछिल्लो पटक सन् २०२२ मा यी दुई टिम प्रतिस्पर्धामा उत्रिएका थिए । अस्ट्रेलियाको मेलबर्नमा भएको ट्वान्टी–२० विश्वकपकै उक्त खेलमा भारतले आफ्नो चिर–प्रतिद्वन्दीविरुद्ध चार विकेटको जित निकालेको थियो । ट्वान्टी–२० विश्वकपमा पाकिस्तानले सन् २०२१ को संस्करणमा पहिलो जित निकालेको थियो । उक्त संस्करणमा पाकिस्तानले भारतविरुद्ध १० विकेटको जित निकालेको थियो । भारत–पाकिस्तान ट्वान्टी–२० क्रिकेट तथ्यांकमा यो नै विकेटको आधारमा निस्किएको सबैभन्दा ठूलो जितसमेत हो ।

उपाधि दाबेदार अष्ट्रेलियाले उत्कृष्ट ब्याटिङमा आईसीसी टी–२० विश्वकप २०२४ मा साविक विजेता इंग्ल्यान्डलाई ३६ रनले हराएको छ । अष्ट्रेलिया लगातार दोस्रो जितका साथ समूह बी मा शीर्ष स्थानमा रहँदै सुपर–८ सम्भावना लगभग पक्कापक्की गरेको छ । २०२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनाउन सक्यो ।
उता फिनिसर डेविड मिलरको उत्कृष्ट ब्याटिङमा दक्षिण अफ्रिकाले आईसीसी टी–२० विश्वकप २०२४ मा नेदरल्यान्ड्सलाई ४ विकेटले पराजित भएको छ छ । योसँगै समूह डी मा दक्षिण अफ्रिकाले लगातार दोस्रो जितका साथ शीर्ष स्थानमा रहँदै सुपर–८ को सम्भावना मजबुत बनाएको छ । १०४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img