spot_img

कर्णाली पुलमा फसेका खच्चडलाइ जाली काटेर खच्चडलाई नदीमा खसाइयो

spot_img

अछाममा झोलुङ्गे पुलको लठ्ठा चुडाएर पुलमा फसेका खच्चडलाई उद्दार गरिएको छ । कर्णाली नदी माथिको झोलुङ्गे पुलमा आइतबार बिहान फसेका खच्चडहरूको उद्दार गरिएको हो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित स्थानीय बासिन्दाको सहयोगमा पुलमा फसेका खच्चडको उद्दार भइरहेको छ ।

अछामबाट चामल लिन दैलेखको आठबीस नगरपालिकाको राकम बजार जाँदै गरेका १३ वटा खच्चर आज बिहान पुलमा फसेका थिए । अछामका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश कोइरालाका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई पुलमा फसेका खच्चड उद्दार गर्न परिचालन गरिएको छ।

अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीसलाई जोड्ने कर्णाली नदी माथिको उक्त पुलको लठ्ठा चुडिँदा खच्चर अड्किएका थिए ।

निमित्त प्रजिअ कोइरालाका अनुसार अड्किएका खच्चरहरुलाई जाली काटेर नदिमा खसाइएको छ । ती मध्य केही पौडिएर नदीको किनारमा आएका छन भने केहीलाई डुङ्गाका माध्यमबाट नदीबाट बाहिर ल्याइदैछ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img