spot_img

नेपाल र श्रीलंका विचकाे भिडन्तः कसले मार्ला बाजि यस्ताे छ अनुमान

spot_img

आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा बुधबार बिहान नेपालले टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दैछ । नेपाल र श्रीलंकाबिचको खेल अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार, बिहान ५ः१५ बजे सुरु हुनेछ । जारी विश्वकपमा नेपालले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । जारी विश्वकपमा नेपाल र श्रीलंका समूह ‘डी’ मा रहेको छ ।

त्यो समूहमा टेस्ट राष्ट्र दक्षिण अफ्रिका र बंगलादेश पनि छन् । त्यो समूहमा हालसम्म पाँच खेल खेलिसकिएको छ । समूहको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले हराएको थियो । यसैगरी तेस्रो खेलमा बंगलादेशले श्रीलंकामाथि दुई विकेटको जित हासिल गरेको थियो । चौथो खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई चार विकेटले पराजित गरेको थियो । समूहको पाँचौँ खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई चार रनले हराएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा टेस्ट राष्ट्र श्रीलंका आठौँ स्थानमा आसीन छ । नेपाल भने पछिल्लो आईसीसी वरीयताको १७औँ स्थानमा रहेको छ ।

अङ्क तालिकाको समीकरण
समूह ‘डी’ मा हालसम्म नेपालले एक खेलमात्र खेलेको छ । बंगलादेश, नेदरल्यान्ड्स र श्रीलंकाले भने दुई–दुई खेल खेलेका छन् । दक्षिण अफ्रिकाले तीन खेल खेलिसकेको छ । तीन खेलबाट ६ अङ्क बटुलेको दक्षिण अफ्रिका तालिकाको पहिलो स्थानमा आसीन छ । दुई खेलबाट दुई अङ्क बटुलेको बंगलादेश दोस्रो स्थानमा आसीन छ । दुई खेलबाट दुई अङ्क हात पारेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ । क्रमशः चौथो र पाँचौँ स्थानमा रहेका नेपाल र श्रीलंकाले भने हालसम्म खाता खोल्न सकेका छैनन् ।

लगातार दुई हारसँगै श्रीलंकाको अगाडि बढ्न सम्भावना निकै कम भइसकेको छ । नेपालको भने सुपर–८ चरणमा पुग्ने सम्भावना अझै पनि कायमै छ । त्यसैले बुधबार बिहान खेलिने श्रीलंकाविरुद्धको खेल नेपालका लागि निकै महत्त्वपूर्ण छ ।

त्यो खेलमा विजयी भए नेपालेले आफूलाई सुपर–८ को दौडमा कायम राख्नेछ । तर, त्यो खेलमा श्रीलंकासँग पराजित भए नेपाली टोलीको अगाडि बढ्ने सम्भावना कमजोर बन्नेछ । पहिलो चरणको खेलपछि प्रत्येक समूहबाट दुई–दुई टोली सुपर–८ चरणमा पुग्ने प्रावधान रहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img