spot_img

२ वटा राहदानी बाेक्ने गृहमन्त्री रवि र विदेशीसँग विवाह गर्ने शिक्षामन्त्री सुमनामाथि अख्तियारले छानबिन गर्नु स्वागतयोग्यःभीम रावल

spot_img

काठमाडौँ,पूर्वगृहमन्त्री डा. भीम रावलले वर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र शिक्षामन्त्री सुमना श्रेष्ठमाथि गम्भीर आरोप लगाएका छन् । उनले २ वटा राहदानी र विदेशीसँग विवाह गर्नेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नु स्वागतयोग्य रहेको बताएका हुन् ।

गृहमन्त्री लामिछानेसँग दुई देशको नागरिकता र राहदानी भएको र पोल्याण्डका पत्रकारसँग विवाह गर्ने शिक्षामन्त्रीलगायत विदेशमा स्थायी बसोबास र रोजगारी अनुमति लिएर राज्यको उच्च ओदाहमा बस्नेहरूको बिगबिगी भएको बेला अख्तियारले छानबिन गर्नु स्वागतयोग्य भएको प्रतिक्रिया दिए ।

‘दुई देशको नागरिकता र राहदानी भएका गृह मन्त्री र पोल्याण्डका पत्रकार पावेल स्काविन्स्किसँग विवाह गर्ने शिक्षामन्त्री लगायत विदेशमा स्थायी बसोबास र रोजगारी अनुमति लिएर नेपाल राज्यको उच्च ओहोदामा बस्नेहरूको बिगबिगी भएको बेला यस्ताको छानबिन हुनुपर्ने अख्तियारको कुरा स्वागतयोग्य छ’, मंगलबार सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन् ।

यसअघि अख्तियारले विदेशमा पीआर पाएका, दोहोरो नागरिकता र राहदानी लिएर राज्यको उच्च ओहोदामा पुगेकाहरूको छानबिन गर्ने निर्णय गरेको थियो । सोही सन्दर्भलाई लिएर रावलले टिप्पणी गरेको स्पष्ट परे ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img