spot_img

जसपा अध्यक्षमा यादव निर्वाचित

spot_img

जनकपुरधाम,जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्ष पदमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन्।जनकपुरधाममा जारी राष्ट्रिय महाधिवेशनअन्तर्गत अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेको हो।निर्वाचन प्रक्रियाअनुसार जसपा नेपालको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको थियो।

निर्विरोध निर्वाचित गरेकोमा अध्यक्ष यादवले सामाजिक सञ्जालमार्फत् महाधिवेशन प्रतिनिधि, पर्यवेक्षक, नेता कार्यकर्ता, शुभचिन्तक एवं सम्पूर्ण पार्टी पंक्तिप्रति आभार व्यक्त गरेका छन्।

अध्यक्ष बाहेकका पदमा उम्मेदवारी दिएका नेताहरूको भने नामावली सार्वजनिक भइसकेको छैन।जनकपुरधामस्थित महेन्द्रनारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि बुधबार बिहान साढे ८ बजेदेखि उम्मेदवारी दर्ता सुरू भएको थियो।

बुधबार बेलुकी साढे ८ बजे मतदाता नामावली प्रकाशन, साढे ८ बजेदेखि साढे ९ बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोध दर्ता गर्ने र बेलुकी साढे ९ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img