नेकपा (एमाले) काठमाडौंको जिल्ला अधिबेशनबाट रतन परियार जिल्ला कमिटी सदस्यम निर्वाचित
काठमाडौं,नेकपा (एमाले) काठमाडौं जिल्ला अधिबेशन बाट जिल्लाकमिटी सदस्यमा रतन परियार निर्वाचित हुनुभयको छ । निर्बाचित परियार समाजका हाेनाहार युवाका रुपमा परिचीत छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित भएका छन् । उनी तीन सय ७० मत प्राप्त गरी निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी निर्मल देउलाले एक सय ९१ मत प्राप्त गरेको अधिवेशन आयोजक कमिटीका सदस्य सरस्वति गौतमले जानकारी दिए । जिल्ला उपाध्यक्षमा विश्वराम सापकोटा, सचिवमा राजेश शाक्य र उपसचिव (खुला) मा उद्धव भण्डारी निर्वाचित भएका छन् ।
महिला उपसचिवमा विन्दु महर्जन सर्वसम्मत निर्वाचित भएका छन् । यही जेठ २६ गतेदेखि जारी महाधिवेशनमा दुई सय २५ पदमध्ये एक सय ३० पदमा निर्विरोध निर्वाचित चयन भएको थियो । आज ९५ पदका लागि मात्र निर्वाचन भएको हो ।