spot_img

टी–२० विश्वकपमा लगातार तेस्रो खेल जित्दै भारत सुपर आठमा, अमेरिका ७ विकेटले पराजित

spot_img

 आईसीसी टी–२० विश्वकपमा भारतले तेस्रो जित हासिल गरेको छ । गएराति भएको खेलमा अमेरिकालाई ७ विकेटले हराएर भारतले लगातार तेस्रो खेल जितेको हो ।यसअघि भारतले पाकिस्तान र आयरल्याण्डलाई पराजित गरेको थियो । हिजोको खेलमा अमेरिकाले दिएको १ सय ११ रनको लक्ष्य भारतले १८ ओभर २ बलमा ३ विकेटको क्षतिमा भेट्टायो ।

भारतका लागि सूर्यकुमार यादवले अविजित ५० रन बनाए । अमेरिकाका सौरभ नेत्रभल्करले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १० रन बनाएको थियो । उसका लागि नितिश कुमारले सर्वाधिक २७ रन बनाए । भारतका अर्शदीप सिंहले ४ विकेट लिए ।

समूह ए मा ३ खेलबाट ६ अङ्क बटुल्दै भारत सुपर ८ मा प्रवेश गरेको छ । अमेरिका ४ अङ्कसहित दोस्रो स्थानमा छ । एजेन्सी

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img