spot_img

कुवेतको श्रमिक क्याम्पमा भएको आगलागीमा ३ जना नेपाली घाइते

spot_img


काठमाडौँ, कुवेतको एक श्रमिक क्याम्पमा भएको आगलागीमा परेर ३ जना नेपाली सामान्य घाइते भएका छन्। महंगाफास्थित एक आप्रवासी श्रमिक बसोबास गर्दै आएको क्याम्पमा बुधबार बिहान आगलागी हुँदा ४० जनाको मृत्यु भएको छ । आगलागी भएको क्याम्पमा ५ जना नेपाली बसोबास गर्दै आएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

पाँच जनामध्ये २ जना सुरक्षित रहेको र ३ जना सामान्य घाइते भएको कुवेतस्थित नेपाली दूतावासलाई उदृत गर्दै श्रम मन्त्रालयले जनाएको छ। आगलागीमा घाइते भएका नेपाली श्रमिकको अवस्थाबारे श्रममन्त्री डोलप्रसाद अर्यालले जानकारी लिएका छन्। कुवेतस्थित नेपाली दूतावासमा सम्पर्क गरी मन्त्री अर्यालले क्याम्पमा रहेका नेपाली श्रमिकको बिषयमा जानकारी लिएका हुन् ।

आगलागी भएको क्याम्पमा पाँच जना नेपाली श्रमिक भएको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको हो । आगलागीबाट सामान्य घाइते भएका शिवशंकर पासवान र दोर्जे लामाको अदान अस्पतालमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।

उपचारत पासवान र लामाको स्वास्थ्य अवस्थाको बारेमा अस्पतालमा नै पुगेर दूतावासले जानकारी लिएको छ । दिनेशकुमार मण्डलको भने फरवानिया अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भैसकेको दूतावासले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img