spot_img

टिकटक लगायत कुनैपनि सामाजिक सञ्जालसँग आपत्ति छैन , मन्त्री रेखा शर्मा

spot_img

काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानूनअनुसार समाजलाई मान्य हुनेगरी टिकटक लगायतका कुनैपनि सामाजिक सञ्जालहरु नेपालमा चलाउँदा आपत्ति नहुने बताएकी छन् ।

बिहीवार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समाजमा अमर्यादित गतिविधिलाई महत्व दिनेगरी टिकटकमा सामग्रीहरु उत्पादन र प्रशारण भएका कारण सरकारले नेपालमा टिकट बन्द गरेको बताइन् ।

कानूनी रुपमा अहिले पनि टिकटक बन्द अवस्थामा रहेको भन्दै उनले सरकारले नेपाल टेलिकम लगायतका ठूला इन्टरनेट सेवा प्रदायकबाट अहिले पनि टिकटक चलाउन नदिइएको बताइन् । सामाजिक सञ्जाल समाजअनुकुल हुनेगरी प्रयोग गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

उनले भनिन्, ‘सरकारले टिकटक, क्याबिनटेबाटै निर्णय गरेर बन्द गरेको हो। अहिले यो कानूनी रुपमा भन्ने हो भने बन्दकै अवस्थामा छ । अहिले पनि हाम्रो एनटिसी लगायतका ठूला सेवा प्रदायकबाट यो खुलिरहेको छैन । तर पनि कसैले भिपिएन र साना इन्टरनेट सेवा प्रदायकबाट चलाइरहेका हुनसक्छन् । हामीले नियम कानून पालना गर्ने र गराउने ठाउँमा छौँ, हामीले प्रयोग गर्नु हुँदैन ।’

उनले सामाजिक सञ्जाललाई समाज र परिवारअनुकुल हुने गरी मात्रै उपयोग गर्न आग्रह गरिन् । ’सामाजिक सञ्जाल सम्बन्धी विधेयक क्याबिनेटमा गएको छ । आउने मन्त्रिपरिषद्को बैठकमा सामाजिक सञ्जाल सम्बन्धी विधेयक छलफल हुन्छ । त्यो विधेयक समितिमा जान्छ र सम्भवतः संसद्को समितिमा आइपुग्दासम्म व्यापक छलफल हुनेछ ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img