spot_img

लुभुको नमुना स्कुलद्वारा संस्थापक बहिदारराम बहादुर श्रेष्ठको नाममा १ लाखको अक्षय कोष स्थापना

spot_img

काठमाडौं,ललितपुरको नमुना स्कुल लुभूले विद्यालय संस्थापक बहिदार राम बहादुर श्रेष्ठको स्मृति दिवस हरेक जेष्ठ ३१ गते मनाउदै आएको छ। यस बर्षको ३० औं स्मृति दिवस कार्यक्रम यो बर्ष पनि भब्य रुपले हप्तौ अगाडि देखि बिभिन्न कार्यक्रम संचालन गर्दै आज विशेष रुपले सम्पन्न गर्यो।
प्याब्सन केन्द्रीय सचिब रत्न महर्जनको प्रमुख आतिथ्यता, थ्री डि आर्ट म्यूजियम इमाडाेलका संस्थापक” सिइओ सुन्दर बिष्ट र महालक्ष्मी वडा नम्बर ८ का वडा सदस्य बिनोद केसिको बिशेष अतिथ्यता र विद्यालयकी संस्थापक अध्यक्ष रीता श्रेष्ठले सभापतित्व गरेको कार्यक्रममा स्वर्गीय रामबहादुर श्रेष्ठको पुन्यतिथिमा ८ जना सुपुत्र सुपुत्रीहरु क्रमशः बिमला श्रेष्ठ रीता श्रेष्ठ मल्ल  रीना प्रधान, सरीता श्रेष्ठ कार्की, रबिता श्रेष्ठ रसना श्रेष्ठ, रोशन श्रेष्ठ र किशन श्रेष्ठले रु १०००००/(एक लाख रुपिया) को स्वर्गीय बहिदार राम बहादुर नमुना शैक्षिक अक्ष्य कोष स्थापना गर्दै उक्त कोषमा प्रत्येक बर्ष रकम थप्दै बढाउदै लैजाने र उक्त कोषबाट प्राप्त भएको ब्याजले नमुना स्कुल बाट SEE मा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गर्ने घोषणा गर्नु रहेको थियो।

कार्यक्रममा बिभिन्न हाउस बाट फुटसलमा प्रथम, दोश्रो अनि तेस्रो हुने प्रत्येक हाउसका खेलाडीहरुलाई मेडल प्रमाणपत्र प्रदान गरिएको थियो भने हप्तौ देखि चल्दै आएको आधारभूत तथा मावि तहका पहिलो दोस्रो र तेस्रो हुने अन्तर सदनात्मक हाजिरी जवाफ प्रयोगिताका प्रतिसप्रधिहरुलाई  स्वयं स्वर्गीय राम बहादुर श्रेष्ठकी धर्म पत्नी धनेश्वरी श्रेष्ठले नगद तथा प्रमाणपत्रले सम्मान गर्नु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि प्याब्सन केन्द्रका सचिब तथा कोपिला स्कुलका संस्थापक प्रिन्सिपल रत्न महर्जनले राष्ट्रलाई चाहिने सबै जनशक्ति तयार गर्ने विद्यालय खुल्नुनै अति पबित्र कार्य हो र आज नमुना स्कुलले उक्त पबित्र कार्य गर्ने स्वर्गीय संस्थापकलाई सम्मान गर्ने  क्रममा “अग्रजहरुलाई सम्मान गरौं” भन्ने नारा सहित आज यो भब्य कार्यक्रम गर्दै उहाँलाई सम्झिनु महा पबित्र कार्य हो भन्दै यस्ता कार्यक्रम अरु विद्यालयले पनि सुरु गर्नु पर्ने बताउनु भयो।
सभा बिसर्जन गर्ने क्रममा कार्यक्रमकी सभापति स्वयं स्वर्गीय राम बहादुर श्रेष्ठकी सुपुत्री नमुना स्कुलकी संचालक अध्यक्ष रीता श्रेष्ठले यस्ता कार्यक्रमले नानीबाबुहरुको सर्वाङ्गिन बिकास गर्ने भएकाले संचालकको तर्फबाट अझै थुप्रै कार्यक्रम ल्याउने प्रतिबद्धता गर्दै  समापन गरेको कार्यक्रम सञ्चालन विद्यार्थी द्वय सायल खवास र प्रनिशा थापामगरले गरेको कुरा विद्यालयका प्रिन्सिपल केके मल्लले बताए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img