spot_img

प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन

spot_img

हेटौंडा,विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्त्वपूर्ण मानिएको देशकै तेस्रो ठूलो हेटौँडा सबस्टेसनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन्।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ११ स्थित थानाभ¥याङमा रहेको ४००÷२२०÷१३२÷११ किलोभोल्ट क्षमताको सबस्टेसनको प्रधानमन्त्रीले शुक्रबार उद्घाटन गरेका हुन्। सबस्टेसनको निर्माणसँगै चार्जिङ गर्ने कामसमेत सम्पन्न भइसकेको छ।

सबस्टेसनको निर्माणसँगै पूर्वमा इनरुवादेखि पश्चिम नवलपरासीसम्मको विद्युत् वितरण प्रणालीमा गुणस्तर र सुधार आउने अपेक्षासँगै नेपाल–भारतबीचको विद्युत् व्यापारको परिमाण वृद्धि गर्न महत्त्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको छ।

यस सबस्टेसनले हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारणलाइन र हेटौँडा–भरतपुर–नवलपरासी २२० केभी प्रसारणलाइनलाई जोड्ने आयोजना प्रमुख शुक्रराज देवकोटाले जानकारी दिए।

आयोजना प्रमुख देवकोटाका अनुसार हेटौँडा सबस्टेसनबाट इनरुवा सबस्टेसनसम्म २८८ किलोमिटर प्रसारणलाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो। जसमध्ये ढल्केबर–इनरुवा १५४ किलोमिटरको प्रसारणलाइन निर्माण सम्पन्न भइसकेको छ भने हेटौँडा–ढल्केबर खण्डकोएक सय ३४ किलोमिटर प्रसारणलाइन भने निर्माणाधीन छ।

उनले हेटौँडा–ढल्केबर खण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर १५, १६ र १७ मा निर्माणको काम बाँकी रहेको जानकारी दिए। हेटौँडा–भरतपुर–नवलपरासी २२० केभी प्रसारणलाइनको निर्माणकार्य पनि यसअघि नै पूरा भइसकेको प्रमुख देवकोटाको भनाइ छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img