spot_img

गण्डकी प्रदेशका उर्जामन्त्रीसमेत रहेका सांसद फणिन्द्र देवकोटा पदमुक्त

spot_img

काठमाडौं,गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटा पदमुक्त भएका छन्।नेकपा (माओवादी केन्द्र) संसदीय दलको ह्विप उल्लंघन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वास मत दिएको भन्दै देवकोटालाई माओवादीले कारबाही गरेको हो।माओवादीले सांसद देवकोटालाई कारबाही गरिएको सूचना प्रदेश सभामा पठाएपछि सभामुख कृष्ण धितालले शुक्रबारको प्रदेश सभा बैठकमा पढेर सुनाएका छन्।

मुख्यमन्त्री पाण्डेलाई गत जेठ २८ गते देवकोटाले विश्वास मत दिएका थिए। देवकोटालाई मुख्यमन्त्री पाण्डेले ऊर्जामन्त्री नियुक्त गरेका थिए।२०७९ मंसिरमा भएको चुनावमा नेपाल समाजवादी पार्टीका नेता देवकोटाले नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नमा निर्वाचन जितेका थिए।

देवकोटाले भने आफू नेपाल समाजवादी पार्टीको सांसद भएकोले पार्टी केन्द्रको निर्णयअनुसार आफूले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको बताउँदै आएका छन्।गत जेठ २८ गते कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टीका २, देवकोटा, स्वतन्त्र सांसद दीपक मनाङेसमेतको समर्थनमा मुख्यमन्त्री पाण्डेले विश्वास मत पाएका थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img