काठमाडाैँ, नचिनेका मान्छेको समूहको गोली प्रहारबाट बाराको कलैयामा रहेको रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको ज्यान गएको छ । आदर्शकोतवाल गाउँपालिका–२ खजुरियाको पुर्ख्यौली घरबाट मोटरसाइकलमा कलैया फर्कने क्रममा आदर्शकोतवाल गाउँपालिका–३ बतरा गाउँको दक्षिणमा रहेका लंगहासन माई मन्दिर अगाडि कुशवाहामाथि गोली प्रहार भएको थियो ।

















