भेरी करिडाेरमा १ अर्व ६ कराेड बजेट भाैंतिक मन्त्रालयसँग समन्वय गरेर हालेकाे छुःशहरी विकास मन्त्री धनवहादुर बुढा
डोल्पामा शहरी विकास मन्त्रालयबाट पनि १ अर्ब ७० करोड बजेट परेकाे छ
डाेल्पा,त्रिदेशीय मार्ग भेरी करिडाेरकाे लागि संघिय सरकारले १ अर्व ६ कराेड रूपैयाँ बराबरकाे बजेट विनियाेजन गरेकाे छ। शहरी विकास मन्त्री तथा डाेल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य धन बहादुर बुढाले भेरी करिडाेरका लागि जाजरकाेट-दुनै-मरिम -धाे -तीन्जे शिर्षकमा १ अर्व ६ कराेड १६ लाख बराबरकाे बजेट भाैंतिक मन्त्रीलाइ विशेष आग्रह गरेर छुट्याउन लगाएकाे जानकारी दिए।
मुख्य प्राथमिकतामा रहेकाे करिडाेरकाे लागि तल्लु-दुनै पिच,ल्यासिक्याप देखि सिस्याैलसम्म ट्याक अाेपनका लागि हाललाइ यति बजेट परेकाे र यसलाइ बढाएर ५ अर्व सम्म बनाउन सकिने मन्त्री बुढाकाे दावी छ। भेरि करिडाेरका लागि कति बजेट परेकाे हाे ? भन्ने इमान्दार खवरकाे प्रश्नमा मन्त्री बुढाले बजेट परेकाे जानकारी दिदैँ ट्याक खाेल्न सेना पठाउने विषयमा समेत भाैँतिक मन्त्रालयसँग समन्वय जारीरहेकाेले कामलाइ तिव्रता दिनु पर्ने बताए।
मन्त्री बुढाले थपे”शहरी विकास मन्त्रालयबाट मात्रै करिब १ अर्ब ७० करोड बजेट बिनियोजन गरेकाे छु,अन्य मन्त्रालयबाट समेत समन्वय गरेर बजेट इतिहासमै यति धेरै बजेट गएकाे जस्ताे मलाइ लाग्छ,बजेटमा मुख्यगरी सडक,सुरक्षीत आवास,हिमाली क्षेत्रमा रंगशाला,सदरमुकाममा वसपार्क निर्माण,बिद्यालय भवन,स्मृति भवन,क्याम्पस,धार्मीक क्षेत्र लगायतका क्षेत्रमा करोडौँ बजेट छु।
आएकाे बजेट कार्यन्वयन भए डाेल्पाकाे मुहार फेरीने अपेक्षा गरिएकाे छ।

- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -