spot_img

भौतिक मन्त्रालयको बजेट देखि आक्रोसित साम्सदहरु:संसदमै च्यातियो बजेट

spot_img

काठमाडौं,भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका हेरेपछि आक्रोसित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा बजेट पुस्तिका च्याते, कांग्रेस सांसद रामहरि खतिवडाले त मन्त्रीका क्षेत्रमा लैजान रकम नपुगेको होला भनेर ५ रुपैयाँ रोष्टममै छाडिदिए । बजेट आएको झण्डै तीन सातासम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वार्षिक विकास कार्यक्रम ९रातो किताब० सांसदहरुलाई उपलब्ध गराएन । आइतबार जब रातो किताब हात पाए, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई झोँक चल्यो । उनकै शब्दमा भन्दा मन्त्रालयको रातो किताब च्यातच्युत पारेर बनाउनेसामू हुर्‍याइदिन मन लाग्यो ।

मंगलबार संसदमा प्रधानमन्त्री कार्यालय, गृह, परराष्ट्रसहित भौतिक पूर्वाधार मन्त्रालयको बजेटमाथि छलफलमा भाग लिँदा समेत उनले आफ्नो आक्रोश लुकाउन सकेनन् । मंगलबार रोष्टममै उनले चर्को आक्रोश पोखे र भौतिक पूर्वाधार मन्त्रालयको बार्षिक विकास कार्यक्रम पुस्तिका च्याते ।

‘जबदेखि भौतिक पूर्वाधार मन्त्रालयको यो पुस्तक हातमा पर्‍यो, त्यो दिनदेखि म यसरी तातिएको छु कि यो यसरी च्यातेर हुर्‍याउने मन छ’ दुई टुक्रा बनाएको रातो किताब पोडियममा राख्दै उनले भने, ‘संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्‍याउनुपर्ने हो, त्यहाँ नहुर्‍याएर यहाँ राख्छु ।’

उनले यसो भनिरहँदा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ संसदमै थिए । अरु दुई उपप्रधानमन्त्री ९परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रवि लामिछाने० सँगै पहिलो रोमा बसेका मन्त्री महासेठ टोलाएर सुनिरहे ।

लिङ्देनको आक्रोश भने रोकिएन । मन्त्री महासेठको नाम नलिएका उनले सामान्य लाज समेत नराखेर राज्य स्रोतमाथि मनपरी कति दिनसम्म सहने भनेर प्रश्न गरे, कुनै निर्वाचन क्षेत्रमा एउटा पनि योजना नपर्नुपर्ने, कर्तै अर्बौं पर्नुको कारण सोधे ।

उनले अगाडि भने, ‘बहुत इच्छा थियो यो हुर्‍याइदिऊँ, कसैको मुखमा लगेर ठोसिदिउँ ९रातो किताब हातमा लिएर हुर्‍याउने खोजे, तर पोडियममा पछारे० तर मिल्दैन ।’

ठेगाना बिना बजेट हालेर भोलि संशोधन गर्न खोजेको भन्दै लिङ्देनले फेरि पोडियममा रहेको रातो किताबमाथि हात बजार्दै भने, ‘यो ज्यादती भयो ।’ फेरि त्यही रातो किताब टिपे र पोडियममा पछार्दै प्रश्न गरे, ‘कसरी यस्तो बजेट बनाउन सकिन्छ भनेको रु राज्यको सम्पत्ति मनपरी बाँड्न कसरी आँट आउँछ रु’

लिङ्देनले धाराप्रवाह आक्रोश पोखिरहँदा राप्रपा मात्र होइन, विपक्षी बेञ्चमा रहेका सांसदहरुले ढ्याप ढ्याप पार्दै समर्थन गरे, सत्तापक्षका सांसदहरु भने मौन रहे ।

त्यसपछि बोल्ने अधिकांश सांसदको निशानामा भौतिक पूर्वाधारमन्त्री महासेठ परेका छन् ।

कांग्रेस सांसद रामहरि खतिवडाले अन्य ठाउँको बजेट मन्त्री महासेठकै क्षेत्रमा हाल्न आग्रह गरे । ‘उहाँलाई पुग्दैन भने रु ५ थप्ने प्रस्ताव ल्याएको छ । यो पनि उहाँकै क्षेत्रमा हालियोस्’, उनले पाँच रुपैयाँको नोट पोडियमै छाडे ।

कांग्रेसका अर्का सांसद कान्छाराम तामाङले बजेट माग गर्दै आफूले दिएको निवेदन फिर्ता मात्र मागेनन्, लेटर प्याड छाप्दा लागेको खर्च फिर्ता मागे ।

एमालेका सांसद सूर्य थापाले भालुवाङ(प्युठानको सडकमा बजेट नहालेको भन्दै स्वर्गद्वारी भ्रमणको निम्तो दिए ।

कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले दार्चुलाको खलंगा(तिंकर क्षेत्रको सडकमा बजेट नराखेको विरोधमा रोष्ट्रममै एक मिनेट मौनधारण गरे ।

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले सिंगो कर्णाली प्रदेशमा भन्दा झापा र धनुषा जिल्लामा बढी बजेट परेको भन्दै बजेट पुस्तिका नै फिर्ता गरे ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img