spot_img

७२ जिल्लामा फैलियो डेंगी,मुलुकभर १२ सयभन्दा बढी संक्रमित

spot_img

काठमाडौँ —मुलुकभर डेंगी संक्रमितको संख्या १२ सय नाघेको छ । ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का अनुसार डेंगी संक्रमितको संख्या पछिल्लो छ महिनाभित्रमा एक हजार २ सय ४१ पुगेको छ भने संक्रमण ७२ जिल्लामा फैलिएको छ । यो तथ्यांक २०२४ जनवरी १ देखि बुधबारसम्मको हो ।

महाशाखा अनुसार हिमाली जिल्लाहरू मुस्ताङ, डोल्पा, मुगु, हुम्ला र जुम्ला बाहेकका ७२ जिल्लामा डेंगीको संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा बढी डेंगी फैलिएका १० जिल्लामा काठमाडौंमा एक सय ४१ जना, झापामा एक सय १२ जना, चिवतनमा ७५, मकवानपुरमा ५९, डोटीमा ४७, तनँहुमा ४६, सिन्धुपाल्चोकमा ४४, ओखलढुंगामा ४१, रुपन्देहीमा २८ र भक्तपुरमा २७ जना संक्रमित भेटिएका छन् । प्रादेशिक तथ्यांक हेर्दा सबैभन्दा बढी बागमतीमा ४ सय २८ जना, कोशीमा २ सय ८५, गण्डकीमा १ सय ८८, लुम्बिनीमा १ सय ४८, सुदुरपश्चिममा १ सय ४०, मधेश प्रदेशमा ३४ र कर्णालीमा १८ जनामा संक्रमण देखिएको छ ।

टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालका सूचना अधिकारी पुरण गुरुङका अनुसार पछिल्ला दिनमा ज्वरोका विरामी बढेको र अस्पताल आएका तीन जनामा डेंगी संक्रमण पुष्टि भएको बताए । तीमध्ये दुई जनाको वार्डमा उपचार भइरहेको र आइसीयूमा भर्ना भएका अर्का एक संक्रमित डिस्चार्ज भइसकेको उनले जानकारी दिए । महाशाखाका अनुसार यस वर्ष डेंगीका कारण विरामीको ज्यान भने गएको छैन । ईडीसीडीका अनुसार सन् २०१९ मा महामारीको रुपमा फैलिएको डेंगीले १७ हजार ९ सय ९२ जना संक्रमित भएकामा ३ जनाको मृत्यू भएको थियो । त्यसैगरी, डेंगीकै कारण २०२२ मा ८८ जना र २०२३ मा २० जनाको ज्यान गएको थियो ।

डेंगी संक्रमण देखिएका विरामीमा उच्च ज्वरोसँगै बेस्सरी टाउको दुख्ने, आँखाको गेडी, हाडजोर्नी, मांसपेशी तथा ढाड दुख्ने, रिंगटा लाग्ने, वाकवाकीरवान्ता हुने लक्षण देखिन्छ । त्यस्तै स्वासप्रस्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने, बेहोस हुने जस्ता लक्षण पनि देखा पर्न सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । मनसुन सक्रिय भएसँगै डेंगी संक्रमणको जोखिम बढ्ने हुँदा नियन्त्रणका लागि सरोकारवाला निकायले सक्रियता देखाउनुपर्ने चिकित्सकहरु बताउँछन् । सरुवा रोग विषेशज्ञ डा।शेरबहादुर पुनका अनुसार अहिलेको जस्तै मनसुन सक्रिय भएमा केही सातामा लामखुट्टे बढ्ने र डेंगी संक्रमण दोब्बर हुने सम्भावना रहेको बताए । ‘समयमै एक्सनमा गएन भने धेरै जना संक्रमित हुने सम्भावना छ,’ उनले भने, ‘लामखुट्टे नियन्त्रणमा सबभन्दा बढी स्थानीय सरकार सक्रिय हुनुपर्छ । प्रदेश र संघले सहयोग गर्नुपर्छ ।’

– ‘डेंगी सार्ने एडिज जातको लामखुट्टेले प्रायः दिनमा टोक्छ, अझ घाम उदाएको २ घण्टा पछाडि र घाम अस्ताउनु भन्दा २ घण्टा अगाडि यो लामखुट्टे बढी सक्रिय हुने भएकाले उक्त समयमा थप सचेत हुनुपर्छ, यसले जमेको थोरै पानीमा पनि फूल पार्ने भएकाले सरसफाईमा र पानी जम्न नदिन सचेत हुनुपर्छ’

ईडीसीडीका निर्देशक डा।यदुचन्द्र घिमिरेले भने डेंगी नियन्त्रणका लागि प्रदेशको स्वास्थ्य मन्त्रालयसँग छलफल थालिसकेको बताए । ‘प्रत्येक प्रदेशमा डेंगी नियन्त्रणको गाइडलाइन पनि पठाइसकेका छौं,’ उनले भने, ‘संघ, प्रदेश र स्थानीय तहमा रहेको द्रुत कार्य समूह ९र्‍यापिड रेसपोन्स टीम० लाई चुस्तदुरुस्त राख्ने तयारी भइसकेको छ ।’ उनका अनुसार प्रदेश र स्थानीय तहमा डेंगी नियन्त्रणका लागि बजेटको व्यवस्था छ । ‘हामीले विश्व स्वास्थ्य संगठनसँग माग गरिसकेको छौ,’ उनले भने, ‘रोग नियन्त्रण गर्न नागरिक पनि सचेत हुन जरुरी छ ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img