डोल्पा, हिमाली जिल्ला डोल्पाको सेफोक्सुन्डो गाउँपालिका अन्तर्गत पर्ने फोक्सुन्डो खोलामा डुबेर दुई बालिकाको मृत्यु भएको छ।मृत्यु हुनेमा काइके गाउँपालिका–५ का १२ वर्षीय रुिबना बिष्ट र १० वर्षीय सुबिना बुढा भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिए। डेढ किलोमिटर खोलाबाट दुवै जनाको शव निकालिएको र सदरमुकाम दुनै तर्फ ल्याउने काम भइरहेको प्रहरी नायव उपरीक्षक केसीले बताए।
प्रहरीका अनुसार दुबै जना आज बिहान खाना खाएर फोक्सुन्डो खोला सरसफाइ गर्न भनेर गएका थिए। बिष्ट तापरिजा माध्यमिक विद्यालयमा कक्षा ५ र बुढा कक्षा २ मा अध्ययनरत थिए।