spot_img

पर्वतको शालिजाका किसानले तरकारी बेचेर एक वर्षमा ५ करोड रुपैयाँभन्दा बढी आम्दानी गरे

spot_img

पर्वत, पर्वतको जलजला गाउँपालिका वडा नम्बर ६ शालिजाका किसानले तरकारी बेचेर एक वर्षमा पाँच करोडभन्दा बढी रकम भित्र्याएका छन् । जिल्लाको सबैभन्दा उच्च भेगमा रहेको शालिजाका धेरैजसो किसानले व्यावसायिक रूपमा तरकारीखेती गर्दै आएका छन् ।कृषि ज्ञान केन्द्रमार्फत सागसब्जी उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गरिएको शालिजामा मौसमीभन्दा बेमौसमी सागसब्जी बढी उत्पादन हुने भएकाले किसानको आम्दानी बढेको हो ।

शालिजामा उत्पादन भएको आलु, काउली, बन्दागोभी, बोडी, सिमी, लौका, डल्ले खुर्सानी, काँक्रोलगायत ताजा सागसब्जी छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुश्मा, बाग्लुङ बजार र पोखरासम्म बिक्री हुने गरेको स्थानीय किसान बुद्धि सुवेदीले जानकारी दिनुभयो ।शालिजाका आठ सय परिवार तरकारी खेतीमा संलग्न भएका जिल्ला कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img