काठमाडौं, शनिबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर रहेको मनसुनी वायुको प्रभावका कारण आंशिकदेखि साधारण बदली रही ती स्थानहरूमा वर्षा भइहेको जनाएको छ।
पछिल्लो तीन घन्टामा पर्साको ठोरीमा ३९.६ मिलिमिटर वर्षा भएकव छ। चितवनमा ३६.४ मिलिमिटर, बागलुङको गलकोटमा ३४ मिलिमिटर, सिन्धुपाल्चोकमा १८.४ मिलिमिटर वर्षा मापन भएको छ।
महाशाखाले आज दिउँसो पनि देशभर साधारणदेखि पूर्ण बदली रहने जनाएको छ।
महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिन अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ्
राति पनि देशभर साधारणतया देखि पूर्णतया बदली रहने महाशाखाको पूर्वानुमान छ। शनिबार राति देशभर धेरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै देशभर थोरै स्थानहरुमा भारी वर्षा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा राति पनि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।