spot_img

प्रधानमन्त्री दाहाल र ओलीबीच बालुवाटारमा भेटवार्ता

spot_img

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच आज बालुवाटारमा भेटवार्ता जारी रहेको प्रचण्ड सचिवालयले जनाएको छ।

आजको भेटमा प्रचण्ड र ओलीबीच मन्त्रिमण्डल पुनर्गठन र समसामयिक विषयमा छलफल केन्द्रित रहेको बालुवाटार स्रोतले जनाएको छ। सरकारका काम अझै प्रभावकारी बनाउने बारे छलफल जारी रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

ओलीले सिफारिस गर्ने व्यक्ति नियुक्त नभएपछि सानातिना नियुक्ति, सरुवा, बढुवामा नअल्झिई पोलिसी म्याटरमा जान प्रचण्डलाई सुझाव दिँदै आएका छन्।

शनिबार र आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीसँग छलफललाई लिएर माओवादी नेतृत्व तरंगित बनेको छ। एमाले र कांग्रेसबीच संवाद बढेपछि प्रचण्डले समेत भेटवार्ता बढाएका हुन्।

माओवादी नेतृत्वमा भने कांग्रेस र एमाले मिलेर सरकार परिवर्तन गर्न लागेको आशंका पैदा भएको छ। कांग्रेसका कतिपय नेताहरु एमाले र कांग्रेस मिलेर देशलाई अगाडि बढाउनुपर्ने अभिव्यक्ति दिइरहेका बेला देउवा र ओलीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img