काठमाडाैँ, राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। राष्ट्रपति कार्यालयमा आज अपराह्न भएको भेटमा प्रधानमन्त्री प्रचण्डले मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिएको राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलले जानकारी दिए।
संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०बीच सोमबार राति संविधान संशोधनलगायत विषयलाई निष्कर्षमा पुर्याउन सरकार सञ्चालनमा साझेदारी गर्ने सहमति भएको छ ।