spot_img

कर्णालीमा ओली समूहलाइ ठुलाे धक्काः दुई मन्त्री देखि सांसद प्रचण्ड–नेपाल समूहमा लागे,हुम्लामा पत्ता साफ हुने अवस्थामा

spot_img

काठमाडाैँ,कर्णाली प्रदेशमा नेकपा ओली समूहका दुई मन्त्री र एक सांसद प्रचण्ड–नेपाल समूहमा गएका छन् । सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र सांसद पदमबहादुर रोकाय प्रचण्ड–नेपाल समूहमा आएको संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले जानकारी दिइन् ।

दुबैजना ओली समूहको कोटाबाट मन्त्री बनेका थिए । सांसद रोकाय पनि ओली समूहकै कोटाबाट प्रदेश विधायन समितिका पूर्वअध्यक्ष हुन् । तीन जना यता आएसँगै नेकपाका ३३ प्रदेशसभा सदस्यमध्ये प्रचण्ड–नेपाल समूहमा २२ जना पुगेका छन् । सभामुख राजबहादुर शाहीसहित ११ प्रदेशसभा सदस्य ओली पक्षमा खुलेका छन् ।

यो समिकरणले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार सुरक्षित भएको छ । प्रचण्ड–नेपाल समुहका दुईजना सांसद धर्मराज रेग्मी र डम्मर विष्ट ओली समूहमा लागेपछि उनी दबावमा थिए ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रचण्ड–माधव समूहमा फर्किएको घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी हुम्ला जिल्लाका सचिवसमेत रहेका मन्त्री रावलले आइतबार वक्तव्य जारी गर्दै केपी समूह छोडेर प्रचण्ड–नेपाल समूहमा फर्किएको बताएका हुन्। मन्त्री रावल फर्किएसँगै हुम्ला जिल्लामा प्रचण्ड–माधव समूहको नेतृत्व स्पष्ट बहुमतमा देखिएको छ । जिल्ला अध्यक्ष लालकेश केसी प्रचण्ड–माधव समूहमा नै छन् ।

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img