spot_img

सिन्धुपाल्चोकमा इलेक्ट्रो हाइड्रोको ढलान भत्किँदा पुरिएर २ मजदुर बेपत्ता, दश घाइते

spot_img

सिन्धुपाल्चोक,सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित हिन्दीमा निर्माणधीन ४० मेगावाट क्षमताको इलेक्ट्रो हाइड्रोपावर कम्पनीको ढलान भत्किँदा पुरिएर दुई मजदुर वेपत्ता भएका छन्।

घटनामा अन्य १० मजदुर घाइते भएका छन्। दिनभर वर्षा भएकाले ढलानभित्र पुरिएर बेपत्ता मजदुरलाई निकाल्न सकिएको छैन। घाइते १० मध्ये चारको अवस्था गम्भीर छ। उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

अन्य ६ जनाको बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार जारी छ। साइट प्रमुख मोहनबिक्रम कार्कीले दिएको जानकारीअनुसार सुरुङ खन्नुअघिको पूर्वाधार तयार पार्ने क्रममा ढलान भत्किएको हो । ‘मुख्य बाँधको लागि पानी जमाउने पोखरीको ढलान भत्किएको हो,’ उनले भने।

हाइड्रोपावरको बाँध भोटेकोसी गाउँपालिस्थित हिन्दीमा छ। जहाँ एक वर्षदेखि निर्माण कार्य जारी छ। २.६ किलोमिटर सुरुङमा भोटेकोसीको पानी प्रवाह गरेर चाकुस्थित पावरहाउसबाट विद्युत उत्पादन गर्ने लक्ष्य छ।

स्थानीयले कमजोर भूगोलमा सुरुङ खन्न थालेको भन्दै विरोध गर्दै आएका

थिए। निर्माणकार्य अवरुद्ध हुने गरी विरोध जनाउँदा स्थानीय देवीबहादुर बूढाथोकीलाई प्रहरीले पक्राउ गरेको समेत थियो। स्थानीयले कमजोर भूगोलमा सुरुङ खनिएको तथा बाँधमा पानी जम्ने पोखरीको वाल ढलान गर्दा दुर्घटना भई बस्तीलाई असर गर्ने चेतावनी दिँदै आएका थिए।

तर, साइट प्रमुख कार्कीले भने भूगोलभन्दा पनि ठेकेदार कम्पनीको लापरबाहीले दुर्घटना भएको दाबी गरेका छन्। निर्माणधीन क्षेत्रलाई सरकारले उच्च जोखिमयुक्त स्थान भनेर औंल्याएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img