डोल्पा,डोल्पाका सरकारी कार्यालयहरुले बजेट अवश्यताका आधारमा नभएर पहुँचका आधारमा योजनाहरु आउने गरेको गुनासो गरेका छन्। जिल्लाका अधिकांस सरकारी कार्यालयहरु ठुलो गुनासो पनि यहि छ । शनिबार सामाजिक विकास कार्यालय डोल्पाले आर्थिक वर्ष २०८०/०८१ मा गरेको कार्य प्रगति तथा कार्यक्रमबारे सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रममा कर्मचारीले उक्त गुनासो गरेका हुन्।
इमान्दार खवरको योजनाहरु किन आवश्यक ठाउँमा पर्दैन ? कतै बजेट हरेक वर्ष पर्ने कतै नपर्ने कारण केहो तपाईंहरु योजना कसरी सिफारिस गर्नुहुन्छ ? भन्ने प्रश्नमा सामाजिक कार्यालयका निमित्त प्रमुख धन बहादुर शाहीले कार्यालयले जनताको गुनासो र आवश्यकता अनुसार निवेदन आए मन्त्रालयमा पठाइए पनि तेस्ता योजना नपर्ने गरेको गुनासो गरे। कार्यालयले सिफारिस गर्छ तर मन्त्रालयबाट नै सबै योजना आउने गरेकोले हामीले आएको बजेट कार्यन्वयन गर्ने मात्र काम रहेकोे शाहीको भनाइ छ ।
कार्यक्रममा नि.प्रमुख शाहीले कार्यालयबाट संचालित योजना,कार्यक्रम र प्रगति विवरण बारे संचारकर्मीलाइ जानकारी गराएका थिए । बजेट खर्च सन्तोष जनक रहेको र कुनै कार्यक्रमहरु विभिन्न कार्यबिधि लगायत सूचना प्रवाहका कारण बजेट फ्रिज गएको कार्यालयको उनको दावी छ ।
कार्यालयका अनुसार गत आर्थीक वर्षमा कार्यालयको पुँजीगत तर्फको बजेट ४ करोड ७७ लाखमा १ करोड ८८ लाख ५० हजार ५ सय चौतीस खर्च भएको र चालु तर्फ २ करोड ८५ लाख ८० हजारमा १ करोड ८७ लाख ६७ हजार ३ सय ७ रुपियाँ खर्च भएको बताएको छ। कार्यालको पुँजीगत र चालू गरेर ५०% मात्र खर्च भएको छ।
कार्यालयले विद्यालयको भवन निर्माण, विद्यालय घेराबार निर्माण,शौचालय निर्माण र छात्रबृत्ति लगायत , महिला ,बालबालिका, दलित, जनजाति, अपाङ्ग, सामाजिक विकृति, ज्येष्ठ नागरिक सम्बन्धी विभिन्न सचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।