spot_img

एमाले संसदीय दलको बैठक आज बस्दै

spot_img

काठमाडौं,नेकपा (एमाले) संसदीय दलको बैठक आइतबार बस्दैछ। पछिल्लो राजनीतिक अवस्था, नेपाली कांग्रेस र एमाले बीचको सहमतिबारे सांसदहरूलाई जानकारी दिन बिहान १० बजे संसदीय दलको बैठक बस्ने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

संघीय संसद् भवनको ल्होत्से हलमा बोलाइएको बैठकमा पार्टी अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराउनेछन्।नेपाली कांग्रेस र नेकपा एमालेबीच गत सोमबार राति राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको थियो।

समझदारीअनुसार एमाले अध्यक्ष ओलीले पहिलो चरणमा सरकारको नेतृत्व गर्नेछन्। कांग्रेस—एमालेबीच निर्वाचन प्रणाली र शासकीय पद्धतिमा सुधार गरेर राजनीतिक स्थायित्व दिने विषयमा सहमति भएको छ।यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते शुक्रबार विश्वासको मत लिने भएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img