काठमाडाैँ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिरोले देशका विभिन्न भागमा क्षति भएको र सबै राजनीतिक दल राहत एवम् उद्धारका काममा क्रियाशील हुनुपर्नेमा सरकार परिवर्तनका काममा लाग्नु दुःखद भएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम सभाबाट विश्वासको प्राप्त गर्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्नुअघि यो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्रीले यो प्रस्ताव परेपछि आजै त्यसलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । रासस