spot_img

प्रधानमन्त्री ओलीले लिए सपथःकांग्रेस र एमालेविच मन्त्रालयकाे भागबन्डा टुङ्गियाे,काे काे बन्दै छन् त मन्त्री ?

spot_img

काठमाडौँ — कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पठाउने केही मन्त्रीहरूको नाम टुंगो लगाएको छ । ओली नेतृत्वको सरकारमा प्रकाशमान सिंहलाई उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मा दिइने भएको छ ।

सभापति शेरबहादुर देउवा पक्षले ६ जनाको नाम टुंगो लगाइसकेको छ भने शेखर कोइराला र महामन्त्री गगन थापा समूह भने अहिले पनि छलफलमै रहेको छ । कांग्रेसका प्रमुख सचेतक रहेका रमेश लेखकलाई गृह मन्त्रालयको जिम्मा दिइएको छ । नयाँ सरकारमा आरजु राणा परराष्ट्रमन्त्री बन्ने भएकी छिन् ।

त्यस्तै दीपक खड्का ऊर्जा, अजय चौरसिया कानुन, ऐनबहादुर शाही वनमन्त्री बन्ने भएका छन् । कोइराला–थापा समूहलाई ४ मन्त्रालय दिइएकोमा १ जनाको नाम टुंगो लागेको छ । जसमा तेजुलाल चौधरीलाई युवा तथा खेलकुद मन्त्री बनाइने लेखकले जानकारी दिए ।

कोइराला–थापा समूहले स्वास्थ्य, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र कृषि मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे अझै टुंगो लगाउन सकेको छैन ।
एमालेले टुंगायो ८ मन्त्रीको नाम, विष्णु पौडेल उपप्रधान एवं अर्थमन्त्री बन्दै
असार ३१, २०८१कान्तिपुर संवाददाता
च्भबम क्ष्ल भ्लनष्किज

एमालेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बन्नेहरूको नाम टुंगो लगाएको छ । एमालेका एक नेताका अनुसार ओलीले १४ जनाको ’सर्टलिस्ट’बाट ८ जनाको नाम टुंगो लगाएका हुन् ।

प्रधानमन्त्रीपछि वरीयतामा रहने गरी एमालेले विष्णु पौडेललाई उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मा दिएका छन् । त्यस्तै पदाधिकारीबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पनि मन्त्री बन्ने भएका छन् । उनलाई सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मा दिइने बताइएको छ । त्यस्तै मधेशबाट राजकुमार गुप्ताको नाम पनि मन्त्री बन्नेको सूचीमा रहेको छ । गुप्तालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा दिइएको छ ।

त्यस्तै सोलुखुम्बुका सांसद मानवीर राईलाई रक्षामन्त्री बन्ने भएका छन् । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बलराम अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दामोदर भण्डारीलाई दोहो¥याउने एमालेको तयारी छ । उनीहरू पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि सोही जिम्मेवारीमा थिए । त्यस्तै शिक्षामन्त्रीमा विद्या भट्टराई र राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिने ओलीको तयारी छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img