spot_img

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कसले किन हान्याे गाेली,ट्रम्पकाे भनाइ यस्ताे छ

spot_img

अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रका नाममा गरेको सम्बोधनमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको घातक हमलाको निन्दा गरेका छन् । उनले यस आक्रमणमा मारिएकाहरुको परिवारप्रति समवेदना व्यक्त गरेका हुन् । उनले अमेरिकी समाजमा हुने हिंसाको बारेमा भने, ‘हामी यो बाटोमा जान सक्दैनौँ। यसमा हामी जानु पनि हुँदैन । हामीले हाम्रो इतिहासमा धेरै हिंसा सहेका छौँ।’

ओभल अफिसबाट दश मिनेटभन्दा कमको सम्बोधनमा उनले राष्ट्रिय एकतामा जोड दिँदै अमेरिकामा चर्को राजनीतिक बयानबाजीको यो समयमा ‘शान्त’ बस्ने समय आएको बताए । यद्यपि, बाइडेनले केही रिपब्लिकन नेताहरूमाथि लगाइएको आरोपबारे केही भनेनन्। धेरै रिपब्लिकन नेताहरूले बाइडेनले ट्रम्पको विरुद्ध विभाजनकारी भाषणलाई बढवा दिएको आरोप लगाएका छन्।

पेन्सिल्भेनियाको एक ¥यालीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको घातक हमलापछि बाइडेनले आइतबार राष्ट्रका नाममा सम्बोधन गरेका थिए। एक बन्दुकधारीले ट्रम्पमाथि गोली प्रहार गरेका थिए । यस आक्रमणमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img