spot_img

गोलभेँडाको मूल्य घट्यो किलोको ५० रूपैयाँ

spot_img

काठमाडौं, पछिल्लो समय बजारमा गोलभेँडाको मूल्य सस्तिएको छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।कालीमाटी बजारमा गोलभेँडा ठूलो, सानो लोकल र टनेल गरी तीन प्रकारका आउँछन्। त्यसमध्ये ठूलो गोलभेँडा भारतबाट पनि आउने गरेको छ।

समितिको तथ्यांक अनुसार बिहीबार कालीमाटी बजारमा लोकल गोलभेँडाको होलसेल भाउ प्रतिकिलो १५ रूपैयाँदेखि २० रूपैयाँ छ। त्यस्तै, सानो टनेल गोलभेँडा २५ देखि ३५ रूपैयाँ छ भने ठूलो गोलभेँडा एकसय देखि एक सय २० रूपैयाँमा तोकिएको छ।साउन सुरू भएदेखि नै यो मूल्यमा पाँच÷दश रूपैयाँ मात्रै थपघट भएको छ।

असार ३१ गतेको तथ्यांक हेर्ने हो भने ठूलो गोलभेँडा एक सयदेखि एक सय १०, लोकल गोलभेँडा ४० देखि ४५ र टनेल गोलभेँडा ४५ देखि ५५ रूपैयाँमा होलसेल कारोबार भएको थियो।अहिले गोलभेँडा बजारमा धेरै आएकोले सस्तिएको कालीमाटी बजारका खुद्रा व्यापारी कृष्ण प्रसाद पौडेलले जानकारी दिए।’अहिले बजारमा धेरै गोलभेँडा छ। त्यो भएर सस्तिएको हो,’ उनले भने।

गोलभेँडाको मुख्य बजार काठमाडौं, हेटौंडा, पोखरा र नारायणघाट हो।काठमाडौंमा भक्तपुर, धादिङ, काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, चितवन र भारतबाट गोलभेँडा आउने गरेको छ।काठमाडौंबाट हेटौंडा, नारायणघाट लगायतका बाहिरी जिल्लामा पनि जाने गरेको छ। तर, अहिले निरन्तर झरीले बाटो बिग्रिएका कारण बाहिर पठाउन नसक्दा यहाँ गोलभेँडाको भाउ सस्तिएको उनी बताउँछन्।

बाहिर जान थालेपछि फेरि गोलभेँडाको भाउ महँगिने उनको भनाइ छ।उनका अनुसार अहिले उपभोक्ताले राम्रो गोलभेँडा छानीछानी ५० रूपैयाँ किलोमा पाइरहेका छन्।यस अघि उपभोक्ताले ८० रूपैयाँ किलोमा किनिरहेका थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img