spot_img

गगन थापाकाे प्रश्नःआफैले बनाएको संविधानमा कु हुँदा चुइँक्क नबोलेर सुवास नेम्वाङ कुन दुलाेमा लुकेर बस्नुभएको छ ?

spot_img

काठमाडौं, नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले आज आफूले संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै यस्तो उल्लेख गरेका हुन् । प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस शुरु हुँदैछ।

थपाले भने ‘म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु, जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ।’ नेता थापाले उही समयको अर्को ट्वीटमा भने, ‘अपसोच उहाँ त कसैले केही सोध्लान की भनेर लुकेर बस्नुभएको छ, प्रश्नबाट भाग्नुभएको छ।’

आफैले बनाएको संविधानमा कु हुँदैगर्दा त्यस विरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको निरिहता देख्दा दया लागेको छ।

‘संविधान बनाएको संविधान सभाको नेताले त संविधानको पक्षमा उभिने साहस गर्न सक्नु भएन। मलाई विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्नेछ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर चुनावी घोषणा गरेपछि अहिले मुलुकका प्रमुखदलहरु सडक आन्दोलनमा छन् । विपक्षी प्रमुख दल नेपाली कांग्रेस पनि विभिन्न आन्दोलनसहित संसद विघटन नहुने बताउँदै आएका छन् ।

gagan thapa.JPG

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img