spot_img

१ महिनामा सात यार्सागुम्बा संकलकको मृत्यु

spot_img

 

डोल्पा, हिमाली जिल्ला डोल्पामा प्रत्येक वर्ष यार्सागुम्बा संकलन गर्ने समयमा सर्वसाधारणले अकालमै ज्यान गुमाउने गरेका छन्। जेठदेखि असारसम्म बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन गर्न आएका कतिपय सर्वसाधारणले अकालमै ज्यान गुमाउने गरेका हुन्।

१ महिनामा डोल्पामा मात्रै सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीका अनुसार मृत्यु भएकामध्ये धेरैजसोको लेक लागेर मृत्यु भएको हो।हिमाली हिराका रुपमा चिनिने यार्सागुम्बा जिल्लाका तीन हजार मिटर भन्दा माथिका उच्च हिमाली क्षेत्रमा पाइने भएकाले स्वास्थ्य सुरक्षाको राम्रोसँग तयारी नगरेरै पाटन जाने भएकाले अकालमै ज्यान गुमाउन बाध्य भएको उनको भनाइ छ।

मुगु जिल्लाका उच्च हिमाली पाटनमा यार्सागुम्बा संकलन गर्न गएका चार जनाले अकालमै ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।प्रत्येक वर्ष डोल्पा र मुगु जिल्लामा पर्ने राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयलाई पाँच सय देखि तीन हजारसम्म राजश्व तिरेर गएका सर्वसाधारणले अकालमै ज्यान गुमाई रहँदा पनि राज्यले कुनै बिमा लगायतको क्षतिपूर्तिको सुविधा दिने गरेको छैन।

यार्सा पाटनमा ज्यान गुमाउनेहरूमा कतिपय घरमुली नै हुने भएकाले उनीहरूको घर परिवार बालबच्चाको समेत बिचल्ली भएका धेरै घटनाहरू गाउँघरमा भेटिन्छन्। डोल्पा नेपालमै गुण र परिमाणका हिसाबमा धेरै यार्सागुम्बा पाइने जिल्लाका रूपमा परिचित छ।

यार्सागुम्बाको मूल्य विश्व बजारमा १० देखि ४० लाखसम्म रहेको यार्सा व्यापारीहरू बताउँछन्। रुकुम, जाजरकोट, सल्यान, जुम्ला, सुर्खेत, दाङ लगायतका जिल्लाबाट सर्वसाधारणहरू यार्सागुम्बा टिप्नका लागि उच्च हिमाली पाटनमा पुग्ने गर्छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img