spot_img

कर्णाली प्रदेशमा माओवादी केन्द्रका मन्त्रीहरूले दिए राजीनामा

spot_img

सुर्खेत, कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन्।

नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री विरबहादुर शाही, उर्जा तथा जलस्रोत मन्त्री रणसिंह परियार र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दुर्ग रावतले मुख्यमन्त्रीसामु राजीनामा दिएका छन्।

कर्णालीमा अहिले एमाले नेता यामलाल कँडेल नेतृत्वको सरकार रहेको छ। मन्त्रीको राजीनामासँगै माओवादी संसदीय दलले कँडेल नेतृत्वको सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने भएको छ।

योसँगै कर्णालीमा पहिलो पटक माओवादी प्रमुख प्रतिपक्षी दलको बेञ्चमा पुगेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img