काठमाडौं, उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहलेजनताको चाहना र देशको आवश्यक्ताअनुसार संविधान संशोधन हुन सक्ने बताएका छन्।
सहिद स्मृति प्रतिष्ठानले सोमबार गरेको वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्रझ विषयक गोष्ठीमा बोल्दै सिंहले प्रक्रिया पूरा गरेर संविधान संशोधन गर्न सकिने बताए।‘जनताको माग र समयको आवश्यकताअनुसार संविधान संशोधन गर्न सकिन्छ। देशको आवश्यकताअनुसार संविधान संशोधन हुन सक्छ, उनले भने।
उनले तीनै तहका सरकारले काम गर्नुपर्ने पनि बताए।वर्तमान सरकारले रोजगारी सिर्जना गर्ने, उद्योग सञ्चालनको वातावरण बनाउने र अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउने दाबी पनि उनले गरेका छन्।