डाेल्पा,“डोल्पा पर्यटन,ब्यापार तथा सांस्कृतिक महोत्सव २०८१“ शुरू भएकाे छ। मंगलबार सदरमुकाम दुनै बजारमा रहेकाे रंगशालामा भव्य उद्घाटन भएकाे हाे। उद्घाटन सत्रमा प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख श्याम रोकाया,अतिथिहरु उपप्रमुख तेजेन्द्र बुढा,ठुली भेरि नगरपालिकाका नगर प्रमुख श्वबण कुमार बुढा,उप –प्रमुख ,डोल्पाका सम्पुर्ण राजनीतिक दलका प्रतिनिधि,ठुलीभेरी–३ का अध्यक्ष भक्त भण्डारी लगायतका वडा अध्यक्षहरु,दुनै बोर्डिङ स्कुल परिवार,राष्ट्रिय तथा स्थानीय कलाकारहरु,जेष्ठ नागरिक,सबै सरोकार वाला, लगायत दर्शकहरूकाे भव्य सहभागिता रहेकाे थियाे।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि श्याम रोकायाले निकै चुनाैँतिका बावजुत शुरू भएकाे महाेत्सवकाे भव्य सफलताकाे शुभकामना दिनुभयाे। जिल्लाकाे पर्यटन क्षेत्रमा विशेष गरी महत्वपूर्ण याेगदान पुग्ने अपेक्षा रहेकाेले सबै अनुशासित भएर महाेत्सवलाइ सफल बनाउन लाग्नुपर्ने बताउनुभयाे।
यस्तै ठुलीभेरी नगरपालिकाका नगर प्रमुख श्वबण कुमार बुढाले याे महाेत्सव जिल्लाकाे पर्यटन क्षेत्र र कलाकार उत्पादनमा काेषेढुङ्गा सावित हुने अपेक्षा रहेकाे बताउँनु भयाे। डाेल्पाका पर्यटकिय स्थल,स्थानीय उत्पादन र भविष्यमा कलाकारकाे जन्म यस महाेत्सवले गर्ने अपेक्षा रहेकाे नगर प्रमुख बुढाकाे भनाइ छ।
अन्य अतिथिहरूले पनि जिल्लाकाे पर्यटन विकास र कलाकारिता क्षेत्रमा टेवा पुग्नेमा विश्वास व्यक्त गर्दै महाेत्सवकाे भव्य सफलताकाे शुभकामना दिए। हाम्राे सहित सबैकाे अहयाेग साथ र समर्थक अावश्यक रहेकाे अतिथिहरूकाे भनाइ छ।
सबै सल्लाह र सुझावलाई आयोजक सकारात्मक रुपमा लिएको जनाएकाे छ। साथै सबैको साथ र सहयोगको अपेक्षा आयोजक रहेकाे छ।
यो महोत्सवले आजबाट डोल्पामा दुई विषयको बहसको सुरुवात गरेको छ ।
१.डोल्पा जिल्ला पर्यटनको प्रचुर सम्भावना बोकेर पनि पर्यटन क्षेत्र किन पछी पर्यो ? पर्यटन ब्यवसाय र स्थानीय उत्पादन किन फस्टाउन सकेन ? पर्यटन क्षेत्रलाइ कसरी राम्रो गर्न सकिन्छ ?
२ःडोल्पाबाट बिमल डांगिपछि किन कुनै पनि कलाकार राष्ट्रिय स्तरमा स्थापित हुन सकेनन् ? कलाकारिता क्षेत्रमा डोल्पा किन सधैं पछी ? कलाकार उत्पादनमा टेवा पुर्याउन सकिन्छ ? लगायत थुप्रै विषय र बहसको सुरुवात भएको हुने आयोजककाे दावी छ।
सबैको प्रतिबद्धताले थप हौसला मिलेको र अवका दिनमा राष्ट्रिय र स्थानीय कलाकारको बेजोड प्रस्तुत रहनेछ। डोल्पावासि सबैलाई कार्यक्रम उपस्थित भइ मनोरञ्जन लिन अनुरोध आयोजककाे छ।