spot_img

संसद विघटनको ‘धारा’ खोज्दै दिउँसै काठमाडाैँमा लाल्टिन बालेर युवाहरू सडकमा निस्केपछि

spot_img

काठमाडौँ, संसद् विघटन गर्ने सरकारको निर्णय प्रतिगामी भएको ठहर गर्दै नेकपाको प्रचण्ड–माधव पक्ष निकट अनेरास्ववियुले लाल्टिन जुलुस निकालेको छ । बुधबार अनेरास्ववियुका नेता कार्यकर्ताहरु काठमाडाैँकाे माइतीघरमा भेला भएर दिउँसै लाल्टिन बालेर जुलुस निकालेका हुन् ।

विद्यार्थीहरुले ‘संसद विघटन मान्दैनौँ, संसद विघटनको धारा खोई ? दिउँसै लाल्टिन बाल्यौँ है ! असंवैधानिक कदम खारेज गर, अनेरास्ववियु जिन्दावाद, बयलगाडा कहाँ छ, अनेरास्ववियु यहाँ छ’ लगायतका नारा लगाएका थिए । विद्यार्थीहरुको जुलुस माइतीघरबाट नाराबाजी गर्दै नयाँबानेश्वर पुगी कोणसभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै विद्यार्थी नेता तथा अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले नेपालको संविधान २०७४ मा संसद विघटन गर्ने कुनै धारा नभएको भन्दै ओली आफैले धारा बनाएर संसद विघटन गरेको बताए । उनले असंवैधानिक कदम सच्चाउन चेतावनी दिँदै ओली नेतृत्वका सबै मन्त्रीलाई कालो मोसो लगाइने बताए । उनले ओलीले प्रतिगामी कदम नसच्चिए आगामी पुस २६ गते केपी ओलीलाई बयलगाडामा राखेर अमेरिका पठाउने समेत बताए । कार्यक्रममा केन्द्रीय संघर्ष समितिका सहसंयोजक तथा स्थायी समिति सदस्य योगेश भट्टराई पनि सहभागी थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img