spot_img

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

spot_img

काठमाडाैँ,नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिने बताइएको छ।पदभन्दा आकांक्षी धेरै भएपछि एकीकृत समाजवादीमा केन्द्रीय सदस्य चयन गर्न सकस परेको छ। विधानमा केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ। तर, आकांक्षी धेरै भएपछि प्रदेश कमिटीले नाम काँटछाँट नगरी केन्द्रलाई प्रतिवेदन बुझाएका छन्।

आजको बैठकमा संगठन विभागले प्रदेशको प्रतिवेदनसहित प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ।

एकीकृत समाजवादीले महाधिवेशन सम्पन्न (१६–२१ असार) भएको १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने घोषणा गरेको थियो। महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसालसहित ९३ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेको थियो।

तर, २१ दिनपछि आज बिहीबार केन्द्रीय सदस्यबारे छलफल गर्न बैठक बसेको हो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img